Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजै प्रस्तूत गरिने बजेट, बिहान ९ बजे बल्ल–बल्ल छाप्न लगियो !

उमेशराज मेहता, काठमाण्डौ । सामाजिक सुरक्षा भत्ता दोब्बर पार्ने, किसानलाई पेन्सन दिने, प्रमाणपत्र धितो राखेर कर्जा दिने जस्ता पपुलिष्ट कार्यक्रम समेत समेटेर बजेट तयार भएको अर्थ मन्त्रालयले हतार–हतार बजेट पुस्तिका छाप्न लगाएका छन । 
समाचार श्रोतका अनुसार आज साँझ ४ बजे संसदमा प्रस्तुत हुने बजेट भाषण छाप्नका लागि अर्थ मन्त्रालयले बिहान ९ बजे मुद्रण विभागमा पठाएको हो ।  अन्तिम छलफल भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, अर्थसचिव लोकदर्शन रेग्मी, राजस्व सचिव राजन खनाल, बजेट महाशाखा प्रमुख रामेश्वर पुडासैनी, राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्याल, वैदेशिक महाशाखा प्रमुख बैकुण्ठ अर्याल सहभागी थिएर अन्तिम रुपदिएपछि मात्र छाप्न पठाएका हुन । 

श्रोतले जनाएका अनुसार उक्त बैठकमा मन्त्रीका सल्लाहाकार गोविन्द नेपाल लगायत अर्थको टीमलाई आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, भन्सार विभाग प्रमुख शिशिर ढुङ्गाना, राजस्व अनुसन्धान विभाग प्रमुख निर्मलहरि अधिकारीले सहयोग गरेका थिए।

तीनवटा विभागका केही वरिष्ठ अधिकारीहरु पनि मन्त्रालयमा भेला भएका थिए। तीन वटा विभागका प्रमुखहरु बजेटलाई अन्तिम रुप दिएपछि बिहान चार बजे घर फर्किएका थिए भने मन्त्रालयका अधिकारीहरु बिहान छ बजे मात्रै घर पुगेका थिए। 

अर्थ मन्त्री विष्णु पौडेल पनि बिहान साढे पाँच बजे मात्रै अर्थमन्त्रालयबाट बाहिरिएका थिए भने अर्थ र राजस्व सचिव पनि बिहान साढे पाँच बजे मात्रै बाहिरिएका थिए। श्रोतले भन्यो यस बैठकले पास अन्ति रुप दिएपछि मात्र छाप्न पठायइको हो ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्