सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भुकम्प, काठमाडौंमा पनि महसुस
काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भुकम्प आएपछि शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको ।
दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपासको क्षेत्रलाई केन्द्र बनाएर भूकम्प आएको हो । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो ।
तर यो नयाँ भूकम्प नभई गत वर्ष वैशाख १२ मा गएको गोरखा भूकम्पकै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।