Logo
१२ बैशाख २०८१, बुधबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले बजेट भाषण प्रस्तूत गरिरहदा, बसन्तपुरमा बिरोध प्रर्दशन !


काठमाण्डौ । सरकार अर्थमन्त्री बिष्णु पौडेलले नयाँ आर्थिक वार्षको बजेट प्रस्तूत गरिरहदा र सम्पुर्ण देशको ध्याण यतैतिर केन्द्रित भइरहदा आन्दोलनरत मधेशी मोर्चा आवद्ध संघिय गठबन्धनले बिरोध प्रर्दशन गरेका छन । 
२६ सुत्रिय माग अघि सार्दै जेठ १ गतेदेखि राजधानीमा आन्दोलनरत गठबन्धनले शनिवार काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेको छ ।  मधेशी जनजाती दलहरुको संघीय गठबन्धनको काठमाडौं केन्द्रीत आन्दोलनले शनिवार बसन्तपुरमा बिरोध प्रर्दशन गरेको हो ।   
काठमाडौंको अन्य स्थान झैं  बसन्तपुरमा पनि गठबन्धनको कार्यक्रममा स्थानीयको व्यापक सहभागिता देखियो । चार बजेदेखि कार्यक्रम सुरुभएसँगै कलंकी आसपास क्षेत्र ठप्प भएको थियो । कार्यक्रमलाई संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 
तराईबाट उक्लिएका मधेशी, थारु तथा पहाड र हिमालबाट केन्द्रीत भएका जनजाति, मगर, शेर्पा लगायतको फरक, भाषा, संस्कृति र पहिरनको ऐतिहासिक संगम देखेर राजधानीबासी समेत चकित देखिन्छन् ।  सबै जातजाति, वर्ग, समुदाय सम्मिलित विविधता युक्त गणतन्त्र नेपालको प्रष्ट तस्वीर बोकेको गठबन्धनले संघीयता, पहिचान र संविधान पुनर्लेखनको सवालमा कलंकी तताउन सफल भयो । सिंहदरबार र वालुवाटार घेराऊ सफल पारेर राजधानी तताइरहेको गठबन्धनमा मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, नेवाः, शेर्पा लगायतका आबद्ध छन् । 

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्