Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिका भाइरसप्रति अकिंत गर्दे, ओलम्पिक खेल सार्न विज्ञको आग्रह

जेनेरियो । जिका भाइरसको समस्याप्रति संवेदनशील बन्दै विश्व ओलम्पिक खेलको समय वा स्थानमध्ये कुनै एक कुरालाई परिवर्तन गर्न गरेको १५० जना डाक्टर तथा वैज्ञानिकको अनुरोधलाई विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले नकार्दै यो कुरा सम्भव नभएको शनिबार जनाएको छ ।
विश्वभरका १५० जना डाक्टर, वैज्ञानिक तथा अनुसन्धाताद्वारा हस्ताक्षरित डब्लूएचओलाई सम्बोधन गरिएको खुला पत्रमा शुक्रबार आगामी अगस्टमा ब्राजिलको रियो दि जेनेरियोमा हुने भनिएको ओलम्पिक खेललाई स्थानान्तरण गरिनुपर्ने वा समयमा परिवर्तन गर्न अनुरोध गरेका थिए ।
जिका भाइरसबाट बढी प्रभावित ब्राजिलको दोस्रो सहरमा खेलको आयोजना गर्नु गैरजिम्मेवार र अविवेकी निर्णय हुने जनाउँदै यसबाट अहिलेसम्म जिका भाइरसबाट प्रभावित नबनेका अफ्रिका तथा दक्षिण एसियाली मुलुकका गरिब जनतालाई असर गर्ने उनीहरुको जिकिर थियो ।
जिका भाइरस सङ्क्रमणका कारण नजवात शिशुको टाउको तथा दिमाग सानो आकारको हुने गर्छ । डब्लूएचओले वर्तमान अध्ययनबाट ओलम्पिक खेलको स्थानान्तरण गर्दा वा खेलको समय सार्दा जिका भाइरस फैलिनसक्ने कारणहरुलाई कम गर्नसक्ने सम्भावना नदेखिएको यसो गर्नु औचित्यपूर्ण नेदेखिएको बताइएको छ ।
ब्राजिलमा सन् २०१५ देखि अहिलेसम्म करिब एक हजार ५०० शिशु लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने जिका भाइरसबाट सङ्क्रमित भएका पछिल्लो तथ्याङ्क छ ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्