Logo
१५ चैत्र २०८०, बिहीबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्र दिवसको अवसरमा क्यामेलियामा निःशुल्क स्वास्थ्य शिविर

माधव अधिकारी, काठमाडौँ । कालिमाटी स्थित क्यामेलिया उच्च माविले शनिबार निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ  ।शिविरमा विशेषज्ञ डाक्टरहरुबाट  पाँचसयजनाको स्वास्थ्य परीक्षण गरी औषधिवितरण गरिएको छ ।
गणतन्त्र दिवसका अवसरमा आयोजित शिविरमा बालरोग विशेषज्ञ डा.सुचरितातुलाधर, नाक,कान,घाँटी रोग विशेषज्ञ डा.प्रियङ्का गुप्ता,स्त्रीरोग विशेषज्ञ डा. प्रगतिकार्की र जनरल फिजिसियन डा.निमेश पौडेलले स्वास्थ्य परीक्षण गरेकाथिए ।
ब्लुक्रस हस्पिटल र स्थानीय ज्ञानतीर्थ संरक्षण समाजसँगको सहकार्यमा सञ्चालितशिविरको उद्घाटन काठमाडौँ क्षेत्र नं.९ का सांसद ध्यानगोविन्द रञ्जितले गरेकाथिए ।कार्यक्रम संरक्षण समाजका अध्यक्ष् ाविनोद ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
सर्वसाधारणको स्वास्थ्य समस्या समाधान गरी समुदायको जन स्वास्थ्यस्तर उकास्न कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रशासकीय प्रमुख रुद्र अधिकारीले बताए ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्