Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एथ्लेटिको पेनाल्टीमा चुक्यो, रियल मड्रिडले जित्यो च्याम्पियन्स लिग

काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । उसको यो ११ औं उपाधि हो । शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५-३ पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल  १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियलले बाजी मार्यो । रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरे ।

यसअघि निर्धारित समयको खेलमा रियल मड्रिडले १५ औं मिनेटमा सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा एथ्लेटिकोले पेनाल्टी पायो । 

तर, एन्टोनिओ ग्रिजम्यान चुके । उनको लेफ्ट फुट सट बारमा लागेको थियो । खेलको ७९ औं मिनेटमा एथ्लेटिकोले बराबरी गोल फर्कायो । एजेन्सी

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्