Logo
१९ बैशाख २०८१, बुधबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपहरित केडिया बिहारको पूर्वी चम्पारण बाट सकुशल मुक्त, एक पक्राउ

वीरगञ्ज ।  बिहीबार बाराबाट अपहरणमा परेका वीरगञ्जका उद्योगी सुरेश केडिया भारतको मोतीहारीबाट सकुशल अपहरणमुक्त भएका छन्।
‘साकारात्मक सन्देश छ, उद्योगी शुरेश केडिाया अपहरणमुक्त भएको पनि जानकारी आएको छ,’ पर्साका प्रहरी उपीक्षक राजुबाबु श्रेष्ठले भने, ‘आधिकारिक जानकारी आउन बाँकी छ।’
पारिवारिक केडिया अपहरणमुकत भएको पुष्टि गरेको छ। पूर्वी चम्पारण जिल्लाको मोतिहारीबाट उनलाई अपहरणमुक्त गरिएको भारतीय अधिकारीले पुष्टि गरेका छन् । 
उनको खाजी कार्यमा खटिएको भारतीय प्रहरीको एउटा टोलीले छापामारी बन्धक बनाएर राखिएको ठाउँबाट अपहरणमुक्त गराएको एक भारतीय अधिकारीले जनाए।
सुरक्षाकर्मीले एक अपहरणकारीलाई पक्राउ गरेका छन्। प्रतिष्ठित औद्योगिक घराना केडिया समूहका उद्योगी सुरेश केडिया बिहीबार साँझ बाराको वरियापुरबाट अपहरणमा परेका थिए।
अपहरणकारीले उनको गाडी चालकलाई गोली प्रहार गरी उनलाई अपहरण गरेका थिए। चालक श्याम साह कानुको कन्चटमा गोली हानेर केडियालाई मोटरसाइकलमा राखेर लगेका थिए।
कामविशेषले गएको बेला केडियामाथि नम्बर नखुलेको भारतीय स्कर्पियो गाडीमा आएका अपहारणकारीले आक्रमण गरेर चालकलाई घाइते बनाई फिल्मी शैलीमा अपहरण गरेका थिए।  तस्विर सौजन्यः अाजतक

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्