Logo
८ बैशाख २०८१, शनिबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा प्रदान गरिने दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२ बाट रेडीयो वाराहीका कार्यकारी निदेशक रमेश पौडेललाई सम्मान गरिने भएको छ ।

महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले पौडेललाई सम्मान गर्ने निर्णय गरेको हो ।

पौडल नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवम् ब्रोड कास्टीङ एसोसीयसन अफ नेपाल (वान) का समेत केन्द्रिय उपाध्यक्ष हुन् ।

झण्डै साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा लागेका पौडेल नेपाल टेलीभीजन र गोरखापत्रका पोखरा समाचारदाता रहि कार्य गर्दै आएका छन् ।

यसअघि पौडेललाई पुरस्कार प्रदान गर्न प्रतिभा छनौट समितिले सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिका संयोजक नारायण कार्कीको अध्यक्षतामा बसेको बैठकले पौडेललाई उपयुक्त प्रतिभा छनौट गरेको हो ।

छनौट समितिमा बरिष्ठ पत्रकार कुशुमकेशव पराजुली र पुण्य पौडेल सदस्य थिए । प्रजातन्त्रका सेनानी स्वर्गीय दयाशंकर पालिखेको स्मृतिमा उहाँका परिवारद्वारा स्थापित गरिएको सो पुरस्कार पत्रकार महासंघ कास्कीले हरेक वर्ष वितरण गर्दै आएको छ ।

सो पुरस्कार ३३ हजार तीन सय ३३ रुपैया नगद राशीको छ । यसअघि पौडेल गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता लगायत अन्य पुरस्कारबाट पुरस्किृत भएका छन् भने विभिन्न सामाजिक संघसंस्थाबाट सम्मानित हुदै आएका छन् ।

सो पुरस्कार यही जेठ २३ गते वितरण गरिने भएको छ । महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीका अनुसार पौडेललाई सो पुरस्कारबाट सम्मान गर्नका लागि पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा आउने भएका छन् ।

पोखरा उद्योग बाणिज्य संघको सभाहलमा विहान १० बजेबाट शुरु हुने सम्मान समारोहमा उपस्थितिका लागि पत्रकार महासंघ कास्कीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्