Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकलालको मृत्यु, शव ब्यबस्थापनको निम्ति आर्थिक सहयोगको अपिल !

लिस्बन । नुवाकोट जिल्ला घर भै बिगत १ बर्ष देखि पोर्चुगलको तोरेस भेर्देसमा बसोबास गर्दै आएका ३९ बर्षिय जनकलाल श्रेष्ठ कलेजो संक्रमणको रोगबाट बिरामी भै लिस्बन स्थित करि काब्राल अस्पतालमा उपचारको क्रममा मे २६ तारिख असामयिक निधन भएको र स्व. श्रेष्ठको शव ब्यबस्थापनको निम्ति पोर्चुगल स्थित सम्पुर्ण संघसंस्थाका अध्यक्ष/प्रतिनिधिहरु, समाजसेबी, ब्यबसायीहरु एबम शुभ-चिन्तक दिदिबहिनी तथा दाजुभाइहरुको गैर-आवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा भएको आकस्मिक बैठकले स्वर्गीय श्रेष्ठको परिबारको चाहना र सहभागितामा शव दाहसंस्कारको निम्ति नेपाल पठाउने निर्णय गर्दै पोर्चुगलबासी दिदिबहिनी तथा दाजुभाइहरुबाट स्वेच्छिक आर्थिक सहयोगको अपेक्षा गरेको छ।

यसका साथै बैठकले यस्ता आपतकालीन समयमा सहयोग पुर्याउन आकस्मिक कोषको स्थापना गर्ने र शव ब्यबस्थापनबाट बचत भएको रकम सो कोषमा जम्मा गरि स्थायी प्रकृतिको कोषको अबधारणा अगाडि बढाउने निर्णय गरेको छ।

सहयोग संकलन र शव ब्यबस्थापनको निम्ति गैर-आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम के सी कमलको संयोजकत्वमा पोर्चुगलस्थित संघसंस्थाका अध्यक्षहरु, समाजसेवी, ब्यबसायी, शुभ-चिन्तकहरु सम्मिलित समिती, पूर्व एनआरएन अध्यक्ष तथा जन सम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा बैधानिक प्रक्रिया निर्क्यौल समिती तथा एनआरएन पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठको संयोजकत्वमा पारिवारिक समन्वय समिती गठन गरि कार्यारम्भ गरिएको जानकारी गराउदै,आगामी ३१ मे  मंगलबार ४ बजेसम्म सदाशयता पुर्बक यथासक्य सहयोग गरिदिन गैर-आवासीय नेपाली संघ पोर्चुगलले हार्दिक आग्रह गरेको छ।

असिम दुखको यो घडीमा स्वर्गीय श्रेष्ठको आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै स्व. श्रेष्ठको सम्झनामा १३ औ दिन सम्म एनआरएन पोर्चुगलको कार्यालयमा शोक पुस्तिका राखेकोले इच्छुक महानुभावहरु कार्यालयमा पुगि शोक पुस्त्तिकामा आफ्नो शोक सन्देश प्रकट गर्न सक्ने छन् ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्