Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिचार: को हुन इशान ? जसले सिंहदरवारलाई टार्गेट गरेका छन !

सरोज राय,
केहि महिना अघि एक पहाडी युवा मधेशको पैदलयात्रा गरे, मधेशीहरू संग अन्तरक्रिया गरे, उनिहरूको पिडा बुझे र मात्र ३२ दिनको मधेशयात्रा पश्चात एक ईःसानको जन्म भयो । 
सबले बुझ्न सक्छ, वर्षों देखि विभेदमा परेका मधेशीहरू कति पिडा सहे होला, त्यहां कति ईसान जन्मे, कतिको आवाज दवाईयो र कतिलाई मारियो। 
त्यही पिडाहरूको बिच कहिले दुर्गानन्द झा जन्मे, कहिले गजेन्द्र नारायण र कहिले रमेश महतो। आज त्यही पिडाहरूबाट गर्सित भएर एक सिके राउत पनि जन्मे। ईशान र सिके राउत भित्र एउटै आक्रोश भरिएका छन, बाटो पनि उहि शान्तिको तर अभियान फरक । सिके राउतले दिएका विचारको विरोधी होईन म तर वहाँले चलाएको अभियानको समर्थक पनि होईन म ।
आज ईशानले उठाएको मुद्दा वर्षों पहिला देखी मधेशी उठाएर संघर्ष गर्दै आई रहेका छन। त्यही संघर्ष बिच दिपेन्द्र जन्मे, रियाज जन्मे, प्रशान्त जन्मे, तुला जन्मे, कंचन जन्मे र ज्ञात अज्ञात कति जन्मे-जन्मे तर यिनीहरूको आवाज न राज्यले सुनिदियो न कसैले बुझीदियो । यहि पिडा र आक्रोशको उपज थियो ६ महिनाको मधेश आन्दोलन र आजको जारी काठमाण्डू केन्द्रित आन्दोलन।
तर सधैं झैं आज पनि सरकारको रवैया लावरपाह देखिएको छ। देशका नक्सा कोर्नेहरू आ(आफ्ना पार्टीहरूलाई राष्ट्रीय पार्टीको रूपमा देखाए पनि राजनिति परिवारवाद, नातावाद र कृपावादमा मात्र सिमित रहेको बोध हुन्छ। पार्टी ठुलो भएर हुंदैन, सोच ठुलो हुनुपर्छ । 
यदि आज ईशानले देखाएको शाहस र उसले उठाएको मूद्दाबाट सबैले शोषित र उत्पिडितको पिडा र माँग बुझ्दैछ भन्ने किन हामी ईशानलाई समर्थन नगर्ने । हरेक नेपालीको लागी उनले चलाएको अभियान सित किन न जुड़ने।

सरकार र असन्तुष्ट पक्ष समक्ष ईशानले यी सार्वजनिक आग्रह गरेका हुन। १० हिंसा दमन र विभेदको साटो सहानुभूति करूणा र भाइचारालाई शासनको नयाँ आधार बनाउने प्रतिबद्धतासहित थारू, मधेशी, आदिवासीजनजाति, महिला, दलित, मुसल्मान लगायत अन्य उपेक्षितसोषित जनसमुदायसङ्ग राज्य एवं वृहत्तर नेपाली समाजद्वारा गरिएका सम्पूर्ण ऐतिहासिक विभेद दमन तथा भूलत्रुटीका लागि राज्यको तर्फबाट राष्ट्रप्रमुख र सरकारप्रमुखद्वारा क्षमा मागियोस् ।

२० राष्ट्रिय मेलमिलाप सुनिश्चित र सुदृध गर्ने उद्देश्यले आन्दोलनरत तथा संविधानसङ्ग असन्तुष्ट दलपक्षको सम्मानजनक सहभागितासहित संविधानमा आवश्यक संशोधन सुनिश्चित गर्ने गरी अधिकार सम्पन्न समिति गठन गराईयोस् । नेपालका आन्तरिक समस्या नेपालीहरूलेनै मिलेर सुल्झाउने राजनीतिक संस्कृति स्थापित गरियोस् ।
३० उच्चस्तरीय छानबिन समिति गठन गरी मधेश आन्दोलन लगायत संविधान र संविधान निर्माण प्रकृयाको विरोधमा भएका समस्त सङ्घर्ष एवं राज्यपक्षबाट गरिएका दमनज्यादती तथा त्रुटीकमजोरीलाई सार्वजनिक गरियोस् । राज्यले तुरन्त ईशानले उठाएको मांगहरू प्रति आफ्नो कर्तव्य र उत्तरदायित्व पुरा गर्नुपर्छ अन्यथा ईशानको साहसले देशव्यापी आन्दोलनको रूप लिनेछ ।
लेखक राय, सामाजिक अभियन्ता हुन

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्