Logo
१५ चैत्र २०८०, बिहीबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु मैदानमै हार्‍यो बैंलोर, सनराइज हैदारावाद ८ रनले जित्यो २०१६ को आईपिएल

उमेशराज मेहता, काठमाडौं  । सनराइज हैदारावादले नवौ संस्करणको इन्डियन प्रिमियर लिग  (आईपिएल) को उपाधि जितेको छ ।

आइतबार बैंलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट आइपिएलको उपाधि हात पारेको हो ।

कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । २०९ रनको लक्ष्य पछ्याएको बैंलोर पुरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रनमा समेटियो । उसका लागि क्रिश गेलले ७६ रन बनाए ।
३८ बल खेलेका गेलले यो आइपिएलमा सर्वाधि रन बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । यस्तै कप्तान विराट कोहली ३५ बल खेलेर ५४ रनमा आउट भए। तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्सले ५ रन बनाएर आउट भए ।
यस्तै टिमका लागि के एल राहुल र शेन वाट्सनले समान ११/११ रन बनाए। हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए। 
यस्तै बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले । यस्तै युवराज सिंहले ३८ रन बनाए। शिखर धवन २८ रनमा आउट भए । बैलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए। यस्तै अर्बिन्दले २ तथा चहलले १ विकेट लिए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्