Logo
८ बैशाख २०८१, शनिबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको मूल्यभार उपभोक्तालाई तत्काल नथपिने

काठमाडौं । नयाँ बजेटअनुसार पेट्रोलियम पदार्थमा लिटरको ५ रुपैयाँ पूर्वाधार कर लागे पनि उपभोक्तामाथि उक्त करको भार पर्ने छैन । 
नेपाल आयल निगमले तत्काल उपभोक्तालाई पेट्रोलियम पदार्थमा मूल्यभार नथपिने स्पष्ट पारेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष  २०७३/७४ बजेट प्रस्तुत गर्दै पेट्रोल, डिजल र हवाई इन्धनमा  प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउने बताएका थिए । 
निगम प्रवक्ता मुकुन्द घिमिरेले अहिलेको अवस्थामा उपभोक्तालाई मूल्यभार नथपिने बताए। बजेट घोषणाअनुसार निगमले उपभोक्तालाई कुनै मार नपार्ने गरी प्रतिलिटर ५ रुपैयाँका दरले भन्सारमै कर तिर्नुपर्ने छ ।

निगमलाई अहिले हुँदै आएको फाइदाबाट भन्सारमा पूर्वाधार कर तिर्ने प्रवक्ता घिमिरेले बताए।  नियमले दैनिक सरदर १३ लाख लिटर पेट्रोल, ४० लाख लिटर डिजेल र ६ लाख हवाई इन्धन भारतबाट आयात गरिरहेको छ।

यसमा लगाइएको पूर्वाधार करबाट राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाका लागि स्रोत जुटाइने छ। यसबाट  बुढीगण्डकी आयोजनालाई  वार्षिक ७ अर्ब रुपैयाँ जम्मा हुने घिमिरेले बताए।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्