Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखा कप २०१६ पुन फुटबल क्लब केन्टको हातमा

सुरेन्द्र इङ्नाम, केन्ट, बेलायत । गत २९ मेँ २०१६ को दिन बेलायतको अल्डरसटमा तमु धि को आयोजनामा सम्पन्न भएको १४ औँ गोरखा कप भेटरेन तर्फबाट फुटबल क्लब केन्टले शिल्डहात पार्यो । भेटरेन तर्फबाट १० टिम हरुले भाग लिएको उक्त खेलमा सबै टिमलाई पराजित गरी फईनलमा ईलाम फुटबल क्लबलाई जितेर फुटबल क्लब केन्टले गत वर्षझै यो बर्ष पनि शिल्ड हात पारेको हो । 
यस्का साथै बेष्ट प्लेयर र बेष्ट स्कोरर को पुरस्कार पनि यसै क्लबका खेलाडी दिपेन्द्र फियाकले पाएको हो । सन २०१५ मा स्थापना भएको यस क्लबको मुख्य उदेश्य भने युवा पुस्तालाई फुटबलमा प्रोत्साहन गराउनु रहेको टिम कोच लोक लिम्बुले बताउनु भयो।यस क्लबको स्थापना भएयता छोटो समयमै गोरखा कप, यलम्बरहाङ् कप, भि.सि. कप, बुडासुब्बा कप र सगरमाथा कप हात पारी सकेको छ। 
बेलायतमानेपालीहरुको धेरै क्लबहरु भएपनि यस क्लबले जस्तो सफलता हासिल गर्न सकिरहेका छैनन् यसै सिलसिलामा टिम म्यनेजर बुद्घि सुनुवारले यस क्लबमाएडमिनिस्ट्रेसन र खेलाडीहरुको राम्रो लगाबको कारण यो सफलता हासिल भएको बताउनु भयो। 
 पुरस्कार वितरण पश्चात ग्रुप फोटो पछि टिम सदस्यहरुलाई क्रमस सचिव छबिन्द्र चोङरबाङ, टिम कोच लोक गुरुङ, टिम क्याप्टेन पदम योङ्याङलेधन्यवाद दिदै अब आउने खेलहरुमा पनि यसरीनै खेल्दै जाने प्रतिबद्घता जनाउनु भएको यियो। अरु खेलहरुमा झै यस खेलको लागी पनि ब्यबस्थापनमा टिमका सदस्यहरु दिपेन्द्र फियाक र गुप्तराज चेम्जोङ खटिएका थिए।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्