सत्ता समय,३ बुँदे र बजेटको विषयलाई लिएर ओली–प्रचण्डबिच चर्काचर्की !
बार्तामा सहमती अनुसार ओलीले सत्ता नछाड्ने भने पछि प्रचण्ड कड्किएको बुझिएको बुझिएको छ । गोप्य भनिएको उक्त सहमति सार्वजनिक गरेपछि सोमवार विहान बालुवाटर पुगेका प्रचण्ड प्रधानमन्त्री ओलीवीच तीन बुँदे सहमति कार्यान्वयन र बजेटको विषयलाई लिएर चर्काचर्की परेको समाचार स्रोतले बताएको छ ।
भेटवार्तामा सरकार परिवर्तन गर्नेसहितको तीन बुँदे सहमति कार्यान्वयन र बजेट एमालेकरण गरिएको विषयमा छलफल भएको थियो । प्रचण्डले तीन बुँदे सहमति अनुसार अबको दुई तीन दिनमा पेश्की खर्च विद्येयक पारित गरेपछि आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति अनुसार राजिनामा दिएर मार्ग प्रसस्त गर्ने मनस्थितिमा बस्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
सार्वजनिक तीन बुँदे सहमतिमा बजेट पारित भएपछि एमालेकै प्रस्तावमा एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्ने, निर्वाचनमा एमाले र एमाओवादीवीच कार्यगत एकता गर्ने लगायतका रहेका छन । सोक्रममा प्रचण्डले तपाईले आफै सहमति गरेर यतिवेला यस्तो कुरा गर्ने रुतपाईले के धोका दिन खोज्नु भएको हो भन्दै प्रचण्डरन्किएका थिए ।
हिजो प्रचण्डले पार्टीको संसदीय दलको बैठकमा पनि यस विषयमा छलफल गरेका थिए । जसमा अधिकांशले अब बजेट आईसकेकोले आफ्नो नेतृत्वमा सरकार गठनकोलागि अघि बढ्न सुझाव दिएका थिए ।