Logo
१३ बैशाख २०८१, बिहीबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्को शुल्क लिनेलाई कारबाही र पुस्तकहरु जफत गर्न शिक्षा मन्त्रीको निर्देशन

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले चर्को शुल्क लिनेलाई बिद्यालयहरुलाई कारबाही र अवैद्य पुस्तकहरु जफत गर्न कडा निर्देशन दिएका छन ।
सरकारले तोकेको शुल्क निर्धारण निर्देशिका लागु नगर्ने विद्यालयहरुलाई तत्कालै कारबाही पक्रिया अघि बढाई साथै अनुमति नलिई प्रकाशित प्याब्सनका पुस्तकहरु जफत समेत गर्न मन्त्री पोखरेलले शिक्षा विभागलाई निर्देशन दिएका छन ।

पोख्रेलले शिक्षा विभागका महानिर्देशक खगराज बराललाई सोमबार टेलिफोन गरी तत्काल बैठक बसेर कारबाही पक्रिया थाल्न निर्देशन दिएका हुन् ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले गैरकानुनीरुपमा पाठ्यपुस्तक छापेर बिक्री वितरण गरेको पाइएको भन्दै मन्त्री पोख्रेलले ती पुस्तकहरु पनि जफत गर्न निर्देशन दिएका हुन् ।

प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिविना कक्षा १ देखि १० सम्म ‘प्याब्सन साइन्स’ नामक पुस्तक बिक्री वितरण गरेको थियो । ती पुस्तकमा ‘पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत’ भनेर लेखिएको छ । 

तर, केन्द्रका अधिकारीहरुले ती पुस्तकलाई स्वीकृति नदिइएको बताउँदै आएका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले यस अघि केहि अवैद्य पुस्तक देखाउदै शिक्षामन्त्री पोख्रेललाई कारबाही गर्न ध्यानाकर्षण गराएको थियो ।
मन्त्रीको निर्देशनअनुसार सोमबारै बिभागको बोर्ड बैठक बस्न लागेको स्रोतले बताएको छ । महानिर्देशक बरालले यसबारे खासै कुरा नभने पनि  ‘हामी नियमित बैठक बस्छौं ।
विधि विधान नमान्नेहरुलाई कारबाही हुने कुरा त स्वाभाविक हो नि ।’ भन्दै खबरको पुष्टि गरे । मन्त्रालयका अनुसार शुल्क निर्धारण मापदण्ड अधिकांश निजी विद्यालयहरुले कार्यान्वयन गरेका छैनन् ।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्