कान्तिपुर टेलिभिजनमा पत्रकारहरुलाई असहज स्थिति, केहिले बाईबाई गर्दे !
लामो सयमदेखि टेलिभिजनमा विभिन्न बिटमा रहेर काम गर्दै आइरहेका दख्खल पत्रकारहरुलाई समाचार प्रमुख दिलभूषण पाठकले विचारकै आधारमा विभेद गर्न थालेपछि कान्तिपुर टेलिभिजन विस्तारै कांग्रेसी पत्रकारहरुको बच्ने भाँडोमा परिणत हुँदै गएको चर्चा पत्रकारबीच चल्न थालेको छ । आफूलाई खुलेआम रुपमा कांग्रेसी भन्न रुचाउने समाचार प्रमुख दिलभूषणकै कारण उनी आउनुअघिसम्म नम्बर एकमा रहेको टेलिभिजन खस्केर तल पुगिसके पनि यसतर्फ व्यवस्थापनले चासो नदिएको भन्दै टेलिभिजनमा बाँकी बसेका पत्रकारहरु असन्तुष्ट बनेका छन् ।
दिलभूषणले झन्डै ११ वर्षअघि कान्तिपुर नछाड्दै आफ्नो तलब ५ हजार बढाउन माग गरेका थिए । उतिबेला समाचार प्रमुख रहेका तीर्थ कोइरालाले दिलको तलब बढाउने माग कान्तिपुरका मालिक कैलाश सिरोहियासमक्ष पु¥याइदिएका पनि थिए । तर सिरोहियाले यसको तलब किन बढाउने भन्दै उल्टै निकाल्न उर्दी जारी गरे । दिलभूषण सेवा सुविधा नबढेपछि बाटो लागे । त्यसको झन्डै ११ वर्षपछि पीडा खेपेर कान्तिपुरबाट बाहिरिएका दिलभूषणको पुनरागमन हुँद धेरै पत्रकारहरुमा खुसी छाएको थियो ।
सेवा सुविधा नमिलेर बाहिरिएका उनले यस्तै पीडाबाट पिल्छिएका पत्रकारलाई न्याय दिने आशा टेलिभिजनका हामी पत्रकारहरुको थियो, टेलिभिजनका एक पत्रकारले भने, तर सुरुमा सकारात्मक देखिएका दिलपछि त्यहीँभित्रका केही कांग्रेसी पत्रकारको उक्साहटमा असहिष्णु बन्दै गए । दिल टेलिभिजनमा भित्रिएसँगै कान्तिपुर छाड्ने पत्रकारहरुको बाढी नै लागेको छ । विजय पौडेलदखि लिएर तत्कालीन पोलिटिकल ब्युरो प्रमुख अनिल थापा, भुवन केसी, प्रतिभा तुलाधर सम्मले कानितपुर छाडेपछि यसको स्तर मात्रै होइन व्यवसायिकता नै च्यूत हुँदै गएको चर्चा स्वयं त्यहीँभित्रको पत्रकारहरुबीच चल्ने गरेको छ ।
पोलिटिकल ब्युरोमा एमाओवादीसहित अन्य राजनीतिक दलको गोप्य सूचना लिन सक्ने हैसियत भएकी र पोलिटिकल इस्यू बुझेकी रञ्जना श्रेष्ठले पनि केही महिना अघि नै कानितपुर छाडिसकेकी छिन् । उद्धव भेटवाललाई दिलभूषणको समूहले नै असहयोग गरेर जागिर छाड्न बाध्य बनाएको चर्चा पत्रकारबीच छ । आफ्नो बिटमा राम्रो गरेका उनलाई बिट अन्तर्गतका इस्यू मा प्रस्ट राख्न थालेपछि विनाकारण बिहान सारिएको र उनले यसबारे जानकारी मागेपछि असहज स्थिति उत्पन्न गराएर जागिर छाड्न बाध्य पारिएको बताइन्छ ।
उता यंकरमा राम्रो भूमिका खेलेका रुपेश श्रेष्ठ, प्रोड्युसरमा महत्वपूर्ण भूमिका खेलका जनक पौडेल पनि कान्तिपुरसँग सम्बन्ध विच्छेद गरेर बाटो लाग्न बाध्य भए । त्यसैगरी केटीभी छाडेर बाटो लाग्नेमा राजु तिम्सिना, प्रविन ज्ञवाली, अनन्त वाग्ले र मल्लिका बस्नेत रहेका छन् । दर्शकबाट रुचाएका राधाकृष्ण धिताल पनि रानीनामा दिने मूडमा पुगेको चर्चा छ । उनी १० दिन लामो बिदामा बसेको बताइएको छ । त्यसैगरी निजामती प्रशासन बिट हेर्दै खोजी पत्रकारितालाई जोड दिँदै आइरहेका पुष्प ढुंगाना पनि कुनै प्रतिक्रिया नदिई राजीनामा दिएर हिँडेका छन् ।
निजामती प्रशासनको इस्यू बुझेका पत्रकारका रुपमा चिनिने ढुंगाना राजीनामा दिएर कता हिँडे रु कुनै पत्तो छैन । त्यस्तै कोअर्डिनेटरका रुपमा टेलिभिजनमा राम्रो भूमिका खेलेका अर्जुन खड्का पनि कान्तिपुरलाई बाईबाई गरेर थाहा सञ्चार हान्निएका छन् । कान्तिपुर स्रोतका अनुसार, बाँकी बसेका पत्रकारहरु पनि राम्रो विकल्प आउनेबित्तिकै कान्तिपुर छाड्ने भन्दै साइत कुरेर बसेका साँघुले छापेको छ ।