Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पढनुस् केडिया अपहरणको नालीबेली: यसरी बुझाए १० करोड फिरौती !

काठमाडौं । नेपाल र भारतका प्रहरीले उद्योगपति सुरेश केडियालाई अपहरणकारीबाट सकुशल उद्धार गरेको दाबी गरे पनि भारतीय मिडियाहरुले उनी फिरौती बुझाएर मुक्त भएको उल्लेख गरेका छन् ।केडिया अपहरणमा सुरुदेखि नै विशेष कभरेज गर्दै आएको आजतकले परिवार स्रोतलाई उदृत गर्दै १० करोड फिरौतीमा रिहा भएको उल्लेख गरेको छ ।
दुई पटकमा दश करोड !
केडिया परिवार सदस्यका अनुसार फिरौती रकम काठमाडौंबाट मुम्बई पठाइएको थियो। पाँच पाँच करोड रुपैयाँ दुई पटक गरेर मुम्बई पठाएपछि अपहरणकारीले आइतबार केडियालाई मोतिहारीको एक गाउँमा छाडेका थिए। पैसा असुली सकेपछि अपहरणकारीले प्रहरीलाई फोन गरेर केडिया गाउँमा भएको जानकारी दिएका थिए। त्यसपछि मात्र भारतीय प्रहरीले उनलाई भेट्टाएको थियो ।
आइतबार रक्सौलमा आयोजित पत्रकार सम्मेलनमा बेतियाका एसपी विनयकुमार तथा मोतिहारीका एसपी जितेन्द्र राणाकै सामुन्ने सुरेश केडियाले भने, ‘अपहरणकारीले कालो चश्मा लगाएका थिए। उनीहरुले एक ठाउँमा लगेर छोडिदिए। त्यसपछि मात्र प्रहरीले भेट्टाएको हो।’ एसपी राणा र विनयकुमारले फरक अभिव्यक्ति दिएका थिए। प्रहरीलाई देखेर अपहरणकारी भागेको उनीहरुको भनाइ थियो। प्रहरी र अपहरितबीचको फरक बयानले पनि यो अपहरण कान्डमा रिहाइका लागि फिरौती बुझाएको थप पुष्टि गर्दछ।
दुई दिनअघि पक्राउलाई सार्वजनिक गर्‍यो प्रहरीले
भारतीय प्रहरीले रक्सौलमा गरेको पत्रकार सम्मेलनमा पक्राउ अपहरणकारी भनेर रञ्झन झालाई सार्वजनिक गरेको थियो । सुरेश केडियालाई मुक्त गर्न जाँदा उनलाई आइतबार पक्राउ गरिएको दाबी प्रहरीले गरेको थियो । 
नेपाल प्रहरी स्रोतका अनुसार झालाई अपहरण भएकै दिन बिहीबार सुगौली प्रहरीले स्कोर्पियो गाडीसँगै पक्राउ गरिएको थियो। सो स्थानबाट अन्य आधा दर्जन व्यक्तिलाई समेत भारतीय प्रहरीले पक्राउ गरेको थियो। ती सबैलाई पत्रकार सम्मेलनमा उपस्थित गराइएको थिएन।
विमल केडिया वीरगञ्ज गएनन्
अपहरित सुरेश केडियाका दाजु एवं सांसद विमल केडिया परिवारमा यत्रो विपत्ति आउँदा पनि काठमाडौं छोडेर गृहनगर वीरगञ्ज गएनन्। प्रहरी स्रोतका अनुसार अपहरणकारी दिएको फिरौती रकम उनै विमलले जुटाएका हुन्। काठमाडौंमै रहेर पैसा जुटाउन उनले प्रयास गरेका थिए। विमलले नै फिरौती रकम जुटाएर दुई खेपमा मुम्बई पठाएका हुन्। स्रोत: आजतक

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्