Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनिषा प्रकरणको सत्य छिटो बाहिर ल्याउन दबाब

कावासोती । फुटबलर बिमल घर्तीमगरकी बहिनी मनिषाको हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रष्ट हुनको लागि शंकाको घेरामा रहेका आशिष चौधरीको पोलिग्राफ हुने भएको छ ।

पोलिग्राफीको टोली वालिङ रहेको र आज सोमबारमात्र टोली आएपछि पहिलो चरणको पोलीग्राफ गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले बताए ।

मनिषाको पोष्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै दुई दिन लाग्ने भएको छ । पोष्टमार्टमका लागि खटिएका डाक्टर काम विशेषले बाहिर रहेको कारण विस्तृत रिपोर्ट आउन दुई दिन लाग्ने भएको सापकोटाले बताए ।
मनिषाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीले अझै पनि आफूले प्रेमिका मनिषाको हत्या नगरेको दाबी गरेका छन् ।

आशिषले मनिषा घर एक्लै रहेको थाहा पाएपछि जाँदा झगडा भएको र दुई झापड हानी घर बाहिर बरन्डामा आएर सुतेको बताएका छन् । उनले पछि फर्केर हेर्न जाँदा झुण्डिएर मृत्यु भइसकेको दाबी गर्दै आएका छन् । आशिष अझै जिल्ला प्रहरी कार्यालय नवलपरासीमा प्रहरीको नियन्त्रणमा छन् ।

यसैबीच मनिषाका आफन्त र स्थानीय बासिन्दाले छिटो भन्दा छिटो सत्यतथ्य बाहिर ल्याउनका माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासी अगाडि नाराबाजी दिएका थिए ।

घटनालाई अन्त्य मोड्न खोजिएको र दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै दबाबमूलक मोटरसाइकल ¥यालीका साथै प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्