Logo
८ बैशाख २०८१, शनिबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलितलाई मन्दिरमा रोक्ने पुजारी दुर्गाप्रसाद जाकिए

पोखरा । भदौरे तामागीको देउरालीमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउने पूजारी दुर्गाप्रसाद पौडेल (देवी) लाई प्रहरीले पक्राउ गरी म्याद थप गरेको छ ।
पीडितको उजुरीका आधारमा पौडेललाई शुक्रबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनलाई आइतबार म्याद थप गरिएको हो ।
स्थानीय देउराली देवी मन्दिरमा चण्डी पूर्णिमाका दिन पूजा गर्न पुगेका दलितलाई पूजारी देवीप्रसाद पौडेलले मन्दिर प्रवेशमा रोक लगाएका थिए । उनलाई मन्दिरमा पुगेका ब्राह्मण र गुरुङलाई टीका लगाएपछि दलित समुदायलाई अछूत भन्दै टीका नलगाएको आरोप छ ।
भदौरे तामागी १ देउराली ढापस्वाँराका ६२ घरधुरी दलितले देवीमाई मन्दिरमा जातीय विभेद भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी हुन् । घटना सार्वजनिक भएपछि विभिन्न दलित संघसंगठनहरु विरोधमा उत्रिएका थिए ।
प्रहरी कार्यालयमा आइतबार पीडक पक्षले मेलमिलापको प्रयास गरेपनि पीडितले नमानेपछि उक्त घटना कानुनी प्रक्रियामा गएको छ ।
पीडित धनबहादुर विकले पाँच वर्ष अघि पनि उनै पूजारीले गरेको छुवाछूतको घटना मिलापत्रमा टुंगिएको बताउँदै अहिले कानुनी प्रक्रियामै गएको बताए । समाधानले खबर छापेको छ ।
घटनामा दलित एकता सञ्जाल कास्की लगायत विभिन्न राजनीतिक पार्टीका संघसंगठन र सामाजिक संघसंस्थाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्