Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, एमालेमा खैलाबैला !

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले बजेट पारित भएपछि तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको बताएका छन् । प्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी  ओली तथा बरिष्ट नेता माधब नेपालसहित एमालेका नेताहरुले त्यस्तो कुनै सहमति नभएको भनिरहेको बेला ओली र प्रचण्डवीच सहमति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एमालेका उपाध्यक्ष गौतमले त्यस्तो दावी गरे पछि एमाले भित्र खैलाबैला मच्चिएको छ ।
एमाओवादी अहिले माओवादी केन्द्रमा रुपान्तरण भईसकेको र केन्द्र भित्र अहिले सरकार परिवर्तन गर्नु हुन्न भन्ने ठूलो तप्का रहेकोले प्रचण्डले पार्टीभित्र कन्भिन्स गरेर सर्वसम्मत निर्णय गराएर ल्याए एमालेले सहमति कार्यान्वयन गर्ने गौतमको दाबी छ । अहिले बामपन्थी एकता टुटाउनु हुन्न चुनावसम्मै कार्यगत एकता गरेर जानु पर्छ भनि तीन बुँदे सहमति भएकै हो गौतमले थपे । गौतमले महेन्द्रले बजेट ल्याए यताको सबै भन्दा लोकप्रिय बजेट अर्थमन्त्री विष्णु पौडेलले ल्याएको दावी गर्दै यो लोकप्रिय किसानमुखी बजेट भएको बताए ।
उनले भने,‘ यो अहिलेसम्म ल्याए मध्येकोसबैभन्दा लोकप्रिय बजेट हो । यो बजेट किसान मुखी छ । कृषि क्षेत्रमा कसैले पनि यति बजेट कहिल्यै राखेको थिएन । यसले मधेसमा पनि अहिलेसम्मकै सबैभन्दा बढी बजेट छुट्याएको छ । यसले विकासको बाटो खुल्छ, कृषिक्रान्तिको जग बनाउँछ । त्यसैले यसको विरोध गर्नुको औचित्य छैन ।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्