शान्तिको सन्देश दिंदै शान्ति पदयात्र सम्पन्न
विष्णु गुरुङ (एकता), अमेरिका । नेपालको लुम्बिनीमा जन्मेका शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६० औं जन्मदिनको उपलक्ष्यमा गत मे २८ शनिबार दिउँसो २ बजे देखि ५ बजे, अमेरिकाको पर्यटकीय शहर सन् फ्रान्सिस्कोकोमा नेपाल र नेपालीको पहिचानका साथ शान्तिको संदेशद्वारा लुम्बिनीलाई विश्वमा स्थापित गर्ने उदेश्यका साथ बुद्ध नेपाल शान्ति फौण्डेसन क्यालिरोर्नियाको आयोजनामा ३ औं शान्ति पदयात्रा भव्यताका साथ सम्पन्न भयो।
बे-एरियाका संघसंस्थाहरु साथै लस एञ्जलसका साथीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त पदयात्राको संयोजक संस्थाका उपाध्यक्ष श्री चिनकाजी श्रेष्ठ तथा मुख्य अथिती सान डिएगोको लागि बाणिज्य राजदूत श्री ऋषि ढकालले गर्नु भएको थियो।
पदयात्रामा विभिन्न नेपाली भेषभूषा र नेपाली प्रौराणीक लाखे नाँचले नेपालको सुन्दर संस्कृतिहरुको पहिचान बिदेशी भूमिमा दर्शाई रहेको थियो भने बुद्ध र लुम्बिनी भएको ब्यानरले नेपाल बुद्धको ठाउँ शान्ति क्षेत्र भन्ने संदेश दिईरहेको थियो। पर्यटकिय शहर सन फ्रान्सिस्कोमा धेरै पर्यटन तथा अमेरिकनहरुले यस पदयात्रा प्रति चासो देखाए साथै फोटो भिडियोहरु खिचे।
शान्तिका लागि एवं उक्त पदयात्रालाई सफल बनाउँन बिशेष भूमिकाको योगदानको कदर गर्दै श्री प्रेम गुरागाई सम्मान पत्रले साथै लस एञ्जलसदेखि आउँनु भएका पुर्व एनआरएन केन्द्रिय सदस्य राजेन्द्र सिवाकोटी, सामाजसेवी बलराम थापा, पत्रकार पुरुषोत्तम ढकाल तथा अन्य समाजसेवी एवं कार्यक्रमका स्वयंसेवकहरुलाई प्रसंसा पत्रले सम्मान गरेका थिए। उक्त कार्यक्रमको प्रायोजकमा वोर्ल्ड फ़ाईनन्स ग्रुप, हिमालयन किचेन सन्निभेल तथा फोकस फ़ाईनन्सियल थिए। सुन्दर फोटोहरु समाजसेवी गोबिन्द शाही एवं अन्य साथीहरुको एल्बमबाट लिएको हो।
संस्थाकी कोषाध्यक्ष बिष्णु गुरुङ “एकता” द्वारा उपस्थित भेलालाई स्वागत गर्दै शान्ति जुलुस युनियन स्क्यरबाट शुरु हुदै मुख्य बाटो मार्केट पुगेर पावल स्टेशनमा केहीछिन लाखे नाँच प्रदर्शन गरेर एक चक्कर मार्दै फेरी युनियन स्क्यरमा आएर औपचारिक सभामा परिणत भएको थियो। संस्थाका महासचिब श्री सुनिल राजकर्णिकार र कोषाध्यक्ष बिष्णु गुरुङ “एकता” ले सयुक्त रुपमा संचालन गरेको उक्त औपचारिक कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै एनआरएन अमेरिका च्याप्टरका अध्यक्ष पूर्ण बानियाँले जात र धर्म भन्दा माथि उठेर शान्ति र लुम्बिनी बिकासको उदेश्यमा सारा नेपाली एक हुनु पर्ने धारणा राखे भने एनडब्लुजीएन क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै गीता डंगोलले नेपाली संकृतिलाई बिदेशमा शान्तिको संदेश दिदै चिनाउन पाउँदा अति खुशी भएको कुरा ब्यक्त गरिन।
त्यस्तै, एनआरएन अमेरिकाका उपाध्यक्ष श्री डिल्लीराम भट्टराईले शान्तिको संदेश दिने महानकार्यलाई विश्वव्यापी गर्नु पर्ने धारण व्यक्त गरे। सम्मान पत्रले सम्मानित श्री प्रेम गुरागाईले यस्तो महान कार्यक्रमलाई शान्तिका लागि नोबेल पुरुस्कार बिजेताहरुलाई आमन्त्रण गरि अझ वृहत बनाउन सकिने सुझाव दिदै आयोजक कमिटिलाई धन्यबाद गरे।
संयोजक चिनकाजी श्रेष्ठले पदयात्राको उदेश्य एवं यसमा साथ र समर्थन दिनेहरुलाई धेरै धन्यबाद ज्ञापन गरे भने मुख्य अथिति ऋषि ढकालले यस्तो कार्यक्रमले बिदेशमा नेपाल र नेपालीको पहिचानको साथै लुम्बिनीलाई बिशेष गरि धार्मिक पर्यटकिय स्थालको रुपमा बिकास गर्न ठुलो टेवा पुग्ने र आउदो दिनहरुमा यसलाई अझ व्यवस्थित गरि वृहत रुपमा मनाउनु पर्ने धारण व्यक्त गरे।
अन्तमा सँस्थाका अध्यक्ष डा. किशोर शेरचनले ब्यानरमा अंकित मायादेवीको मन्दिर, अशोका स्तम्ब, शान्तिको स्तूपा तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने चित्रको उल्लेख गर्दै सबैमा हृदयदेखि धन्यबाद व्यक्त गरे साथै आउदा दिनहरुमा सबैको सहयोगले यस कार्यक्रमलाई अझ वृहत बनाउन सकिने कुरामा विश्वाश रहेको धारण राख्दै कार्यक्रमलाई बिधिबत रुपले समापन गर्नु भएको थियो।
वृहत उदेश्य बोकेर आयोजित शान्ति पदयात्राले शान्तिको संदेश लुम्बिनीको बिकास साथै नेपाली एकतालाई अझ बलियो बनाउँन ठुलो भूमिका खेल्ने कुरामा दुईमत छैन।