Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र बाटो मुनीको फूल २को बिशेष प्रदशनी हुने

युएई ।  नेपाली चलचित्र बाटो मुनीको फूल २ चलचित्रको बिशेष प्रदशनी तथा  नेपाली सांगितीक जगतका चर्चित गायक यश कुमारको एकल गायन कार्यक्रम  आगामी जुन ३ तारिक दुबाईको इन्पिरियल होटलमा  हुने भएको छ ।

चलचित्रकी नायिका आशिश्मा नर्कमीको  समेत  बिशेष प्रस्तुति रहने कार्यक्रमको सजिकरण अन्तर्राष्ट्रिय कलाकार समाज युएई, बिश्वकर्मा समाज युएई, हेल्प राइज फोरम, युएई,दलित युनिट नेटवर्क युएईले सयुक्त रुपमा गरेका छन ।


जागरण मिडिया सेन्टरले तयार गरेकी चलचित्र जातिगत बिभेदलाई मुख्य बिषय बनाएर प्रस्तुत गरिएको छ । राजधानी र मोफसलको हलहरुमा सफल प्रदशनी भए पछी फिल्म बाटो मुनिको फुल–२ नेपालमा सफल प्रदशनी पछि बिदेशमा रहेका नेपालीहरु  माझ पहिलोपटक युएईमा  प्रदशनी गर्न लागिएको चलचित्र युनिटले जनाएको छ ।


नेपाली समाजमा विद्यमान जातीय विभेदलाई फिल्मको मुख्य विषय बनाइएको निर्माता तथा नयाक यश कुमारले जातीय छुवाछूतको चपेटामा परेका कथित दलित जातिको कथा फिल्मले बाटोमुनिको फूलको सिक्वेल निर्माण गरेको बातएका छन ।


नेपालको शिक्षित जिल्ला मानिने झापामा जिल्लामा हुने जातीय छुवाछुतको बिषयमा चलचित्र बनेको निर्देशक सुवर्ण थापाले जनाए । झापामै ९० प्रतिशतभन्दा बढी छायांकन  गरिएको जानकारी चलचित्र युनिटले जनाएको छ ।


प्रेम, रोमान्सका सांगीतिक मनोरञ्जनका सम्पूर्ण मसला प्रयोग गरिएको फिल्ममा यश कुमार  र बाबु बोगटी  अलवा दिलीप रायमाझी पनि नायकको भूमिकामा देखिनेछन् । ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी नायिका छन भने अर्पण थापा खलपात्र छन । भेट्रान अभिनेताहरू टीका पहाडी, गणेश उप्रेती तथा अभिनेत्री शुभद्रा अधिकारीको अभिनयल गरेका छन ।

आयोजकले सांगीतिक, मनोरन्जनात्मक सामाजिक सचेतनामुलक चलचित्र हेरी नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन गर्दै समाज ब्याप्त कुरीतिविरूदको अभियानलाई सहयोग गर्न सम्पूर्ण सामाजिक संघसंस्था, समाजसेवी, संचारकर्मी  एबम युएईवासी नेपालीहरुलाई अनुरोध गरेका छन ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्