Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डन घैंटेको ५० करोेड हत्याउन, क–क–कस्ले बनाउदै छ योजना !

काठमाडौं । प्रहरी ईन्काउन्टर मारिएका राजधानीका कुख्यात गुण्डा नाईके घैंटे भनिने कुमार श्रेष्ठको ५० करोडको सम्पत्ती नेता देखि गुण्डाका अन्य सदस्य र ठेकदारलाई अपुताली परेको छ । अवैध कालो धनलाई सेतो बनाउन घैंटेले आफ्नो करोडौ रुपैंया आफू निकटलाई व्यापार व्यवसायी गर्न तथा लुकाउन उनिहरुको नाममा राखेका थिए । जुन एक्कासी घैंटे ईन्काउन्टरमा मारिएपछि उनिहरुलाई आपुताली परेको हो ।

प्रहरी स्रोतका अनुसार घैंटेका अबैध सम्पत्ती नेता देखि गुण्डा र ठेकदारले समेत चलाउँदै आएका छन् । सम्पती शुद्धिकरणको डरले घैंटेले आफ्नो नाममा केही नराखी आफ्ना सहयोगी तथा व्यसायीक साझेदारको नाममा सञ्चालन गर्दै आएका थिए । जसको फाईदा घैंटे ईन्काउटर पछि उनीहरुलाई भएको प्रहरी स्रोत बताउँछ ।

गजुरमुखी निर्माण सेवामा घैंटेको पैसामा नेता जगदिशनरसिंह केसीको श्रीमतीको नाममा शेयर राखेको पुष्टि भईसकेको छ भने केही शेयर शान्ता महर्जनको नाममा राखिएको भेटिएको छ । त्यस्तै लाजिम्पाटमा रहेको फ्राइडे नामक रेष्टुरेन्टमा डन घैंटेको ६० लाख लगानी रहेको पारिवारीक स्रोतले बताएको छ । 

तर उनको पार्टनर राजेश काफ्ले भने घैंटेले उल्टै आएर आफ्नो रेष्टुरेन्टमा थर्काएर खाने गरेको बयान प्रहरी समक्ष दिएका थिए । मकाउ जानु अगाडी घैंटेकै श्रीमती पिङ्की शेर्पाले उक्त रेष्टुरेन्टको हरहिसाब राख्दै आएकी थिईन् । योबाट पनि उक्त रेष्टुरेन्ट घैंटेको भएको पुष्टि हुन्छ । त्यस्तै काफ्लेको नाममा एयर एशियामा करोडौ लगानी रहेको प्रहरीको दाबी छ । 
उक्त लगानीको बारेमा समेत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । यस्तै घैंटेका सहयोगी शान्त महर्जनको नाममा करोडौं रुपैंया तथा बसपार्कमा २६ आना जग्गा घैंटेले महर्जनको नाममा राखेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । बाफलका डन समिरमान बस्नेतले एक करोड भन्दा बढी घर बनाउन सापटि लगेको घैंटे निकट स्रोत बताउँछ ।
सिफलका गुण्डा हबल्दार भन्ने प्रतिक श्रेष्ठको नाममा तीनवटा ट्रिपर र ५० लाख भन्दा बढी रकम रहेको स्रोतको दाबी छ । अन्य ठेकदारसँग पनि घैंटेको ठूलो लगानी रहेको प्रहरी स्रोतको दाबी छ । प्रहरीका अनुसार घैंटेको लगानी रहेको व्यक्ति र व्यावसायी माथि अनुसन्धान भईरहेको जनप्रहारमा खबर छ  । लगानी गरेका व्यक्तिले त्यसको आयस्रोत देखाउन नसकेको खण्डमा सम्पती शुद्धिकरण अन्तरगर्त मुद्दा चलाईने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्