Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोखिमपूर्ण हुँदैछ, मानसरोवरको यात्रा : तिर्थयात्री भन्छन ‘जेनतेन बाँचेर आँए’

 

आशिष गुप्ता , नेपालगन्ज । नेपालको बाटो भएर मानसरोवर गएका भारतीय तीर्थयात्रुहरुले जेनतेन बाँचेर आएको बताएका छन । एनभीएम ग्रुपका न्यूज अभियान र न्यूज अप्रेशन डटकमले यसबारे पहिलो पटक समाचार लेखेको थियो । मानसरोवरको दर्शन गर्न पुगेका भारतीय नागरिकहरु बिच बाटोमा अलपत्र परेका थिए भने संचारमाध्यमहरुमा समाचार आइसकेपछि भारतिय दुतावास र नेपाली प्रहरी प्रसाशनले उनीहरुलाई उद्धार गरेको हो ।
मानसरोवरको दर्शन गर्न भारतीय नागरिकहरुको टोली वर्षेनी नेपालको बाटो भएर त्यहाँ पुग्ने गरेका छन् । कैलाश मानसरोवरमा भारतीयले स्थानीयबाट सहयोग नपाएको उनीहरुलाई बताएका छन् । मानसरोवरबाट नेपालगन्ज फर्कन ३/४ चोटी जहाज, हेलिकप्टरको उडान रद्द भएको बताएका छन् । हावाहुरीको कारण देखाउँदै उडान रद्द गर्ने गरिएको उनीहरुले बताए ।
नेपालगन्ज हुँदै मानसरोवर पुगेका भारतका लखनउलगायतका विभिन्न ठाउँका ६५ जना यात्रु सकुशल फर्केका छन् । मंगलबार नेपालगन्ज एयरपोर्टमा आइपुगेका भारतीय नागरिकहरुले जसोतसो दर्शन गर्न पाए पनि ज्यान जोगाउन सफल भएकोमा प्रसन्नता व्यक्त गरे । ‘हावाहुरीका कारण धेरै दुःख पाइयो’– उनीहरुले भने,– ‘मानसरोवरमा मात्र ३र४ जना दर्शनार्थीको मृत्यु आफ्नै अगाडि हुँदा समेत स्थानीयले वास्ता नगरेको उनीहरुको गुनासो छ । कैलाश मानवसरोबर घुम्ने अहिले उपयुक्त मौसम हो ।
यसै कारणले विदेशी पर्यटकहरु यसै मौसममा कैलाश जाने गर्छन् । मानसरोवर पुग्न सिन्धुपाल्चोकको कोदारी मार्ग तथा नेपालगन्ज–सीमकोट–हिल्सा जाने रुट मुख्य रहेको छ । कोदारी राजमार्गको तुलनामा नेपालगन्ज हुँदै सीमकोट जहाजमा र सीमकोटपछि हेलिकोप्टरमा हिल्सा पुग्ने सुविधा भएको कारण यतातिरबाट बाटो छोटो पर्छ । उता, नेपाल चाइना बोर्डर अन्तरगत हिल्सामा अझैपनि एक सय भन्दा बढी तिर्थयात्रीहरु अलपत्र रहेका छन भने केहिलाई उद्धार गरेर सिमिकोट ल्याइएको छ ।
यो पनि पढ्नुस :
न्यूज अभियान ब्रेकिङ्ग: हिल्सामा २ सयभन्दा बढी मानसरोवरका तीर्थयात्री अलपत्र – See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=31610#sthash.fERw26Cp.dpuf
न्यूज अभियान ब्रेकिङ्ग: हिल्सामा २ सयभन्दा बढी मानसरोवरका तीर्थयात्री अलपत्र – See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=31610#sthash.fERw26Cp.dpuf

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्