Logo
७ बैशाख २०८१, शुक्रबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएलसी पास भएपछि मुसहरबस्तीमा खसी ढालेर भोज !

राजकरण महतो, महोत्तरी । छोरो एसएलसीमा उतीर्ण भएको खबरले औधी खुशी भएका महोत्तरीको वर्दिबासस्थित मुसहरटोलीका एक अभिभावकले दुई वर्षपछि गाउँलेलाई भोज खुवाएका छन् ।
सिङ्गो मुसहरटोलीमै एसएलसी उतीर्ण गर्ने एकजना मात्र भएको मञ्जय सदाका अभिभावकले खसी काटेर गाउँलेहरुसँग छोरो एसएलसी पास भएको खुशी बाँडेका छन् । 
गरीबी र अभावका बीच मुसहरटोलीकी मानकी सदाले आफ्नो छोरो मञ्जयलाई लेखपढ गराउँदै एसएलसी उतीर्ण गराएकी हुन् । 
करिब चार सयजनाको बसोबास रहेको मुसहरबस्तीबाट १८ बर्षीय छोरा मञ्जय सदाले गत २०७१ सालमा स्थानीय जनता उच्च मावि वर्दिबासबाट ५८.६८ प्रतिशत अंक ल्याएर प्रवेशिका परीक्षा उतीर्ण गरेका थिए ।
छोरो एसएलसी पास भएपछि पञ्चधुरा माइस्थानमा बोका चढाउने मञ्जयका बुबा लक्ष्मी सदाको भाकलअनुसार पछिल्लोपटक भोज गरिएको हो ।
भाकल गर्ने मञ्जयका बुबाको ७ महिनाअघि निधन भइसकेको छ । छोरो एसएलसी पास भएको खबर सुन्न पाए पनि त्यसका लागि गरेको भाकल भने उनले पुरा गर्न पाएका थिएनन् । 
लोग्नेले गरेको भाकललाई मनकीले वर्दिबासस्थित पञ्चधुरा माइस्थान मन्दिरमा बोका चढाएर पुरा गरेकी छिन् । भोजमा दुई सयजना मुसहरहरुको सहभागिता थियो ।
हास्य कलाकार धुर्मुश—सुन्तलीको प्रेरणाले विद्यालय बाहिर रहेका मुहसरका बालबालिकाहरुलाई यसै शैक्षिक सत्रबाट स्थानीय जनता उच्चमाविमा अध्ययन गराउन थालिएको छ ।
छात्रवृत्ति पाएर एसएलसी पास गरेका मञ्जयले गाउँमै आफ्नो समुदायका बालबालिकाहरुलाई निशुल्क ट्युसन दिँदैआएका । वाणिज्य संकायबाट ११ को परीक्षा दिएका थप अध्ययन गरेर बैंंकमा जागिर खाने रहर छ ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्