Logo
८ बैशाख २०८१, शनिबार
(April 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु क्रिकेट राखेप आफैले सञ्चालन गर्ने

नेपालगञ्ज ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आईसिसीले नेपाल क्रिकेट सङ्घ(क्यान)लाई निलम्बन गरेपनि क्रिकेटका घरेलु संरचना नरोकिने बताए । 
क्यान तीनबर्षअघि देखि नै अघोषित निलम्बनमा भएकाले अहिले घोषणा भएपनि तात्विक भिन्नता नभएको उनको भनाई छ । 
नेपालगञ्जमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा सदस्य सचिव विष्टले घोषित घरेलु प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् आफैले संचालन गर्ने जानकारी दिए । नेपाली क्रिकेट सधै निलम्बनको अवस्थामा नरहने बताउदै सदस्य सचिव विष्टले यसबाट नेपालको क्रिकेटको छवी विगार्ने काम भएको दावी गरे । अदालतमा आधिकारिकताका लागि मुद्दा दायर गर्ने पक्षलाई क्रिकेटको उज्ववल भविष्यका लागि मुद्दा फिर्ता लिएर छलफलमा आउन उनले आग्रह गरे ।
सदस्य सचिव विष्टले राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि वजेटको अभाव भएको बताए । भौतिक संरचना निर्माणको अधिकाँश काम सम्पन्न भएको अवस्थामा वजेट नहुँदा प्रतियोगिता संचालन गर्न नसकिएको उनको भनाई छ । सरकारले  २३ करोड रुपिया वजेट उपलब्ध गराएमा दुई महिनापछि खेल गर्न सकिने उनको भनाई छ । जिल्लामा छनौट प्रतियोगिता संचालन हुँदा लागेको  तीन करोड २५ लाख रुपिया समेत निकासा नभएको उनले बताए ।
अब भदौ अन्त्य वा असोज पहिलोसाता प्रतियोगिता गर्न सकिने उनले जानकारी दिए । नेपालगञ्ज रंगशालाको स्तरउन्नती र कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि ६५÷६५ लाख रुपिया वजेट छुट्टाइएको छ । पौडी पोखरीको डिजाईनदेखि निर्माणको काममा सन्तुष्ट नभएको उनले बताए । उनले राखेपलाई व्यक्तिमुखी भन्दा पनि नीति, नियमका आधारमा बलियो बनाउने पक्षमा भएको बताए ।

प्रकाशित मिति: Apr 29, 2016

प्रतिक्रिया दिनुहोस्