‘जंगे’ प्रिमियरमा ऋचाको सारी मोह !
काठमाडौं । प्रदर्शनको ठिक एक दिन अगाडि चलचित्र ‘जंगे’को प्रिमियर काठमाण्डौमा गरियो । ट्रेलरकै कारण चर्चामा रहेको यो चलचित्रलाई दर्शकदेखि पत्रकार र चलचित्रकर्मीले पनि प्रतिक्षा गरेका थिए ।
जय नेपाल हलमा विच्छ्याइएको रेड कार्पेटमा रातो सारीमा नायिका ऋचा शर्मा देखिइन् । चलचित्रमा आफ्नो भूमिका अनुसारको पहिरनमा यी सुन्दरीलाई देखिएको थियो । रेड कार्पेटमा नायिका नीशा अधिकारी पनि देखिइन् ।