Logo
११ बैशाख २०८१, मंगलबार
(April 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब क्याम्पस हाताभित्र ‘फ्रि’ वाईफाई !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पसमा ‘वाईफाई जोन’ विकास गर्ने भएको छ । पहिलो चरणमा कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालयमा यसै वर्षबाट सुरु गरिने अधिकारीले जनाएका छन् । 
उपकुलपति प्राध्यापक तीर्थराज खनियाँका अनुसार त्रिविको पठनपाठन र अनुसन्धानलाई प्रविधियुक्त शिक्षणका रूपमा विकास गर्ने उद्देश्यले ‘वाईफाई जोन’ बनाउन लागिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘ई–लर्निङ, ई–प्रशासन, ई–पुस्तकालय, अनला
इन र दूर शिक्षाजस्ता क्षेत्रमा एक्काइसौं शताब्दीको आधुनिक शिक्षाको पहुँच पुर्‍याउन वाईफाई जोन बनाउन पहल गरिएको हो’, उपकुलपति खनियाँले भने, ‘प्रारम्भिक चरणमा त्रिवि कीर्तिपुर परिसरलाई वाईफाई जोन बनाइने छ ।’ त्यस निम्ति प्राध्यापक लेखनाथ शर्माको संयोजकत्वमा गठित प्राविधिक समितिले प्रतिवेदनका आधार प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
प्रतिवेदनअनुसार तीन चरणमा वाईफाई विस्तार गरिने छ । कीर्तिपुर हातामा त्रिविको केन्द्रीय कार्यालय, ३३ विभाग, डिनको कार्यालय, अनुसन्धान केन्द्रहरू, परीक्षा नियन्त्रण कार्यालय, प्राध्यापक आवास, छात्रावास, केन्द्रीय पुस्तकालयलगायत रहेका छन् । त्रिविको देशभरिमा ६० आंगिक क्याम्पस छन् । दोस्रो चरणमा उपत्यकाभित्रका आंगिक क्याम्पसहरू र तेस्रो चरणमा उपत्यका बाहिरका क्याम्पसमा विस्तार गरिने जनाइएको छ ।

प्रकाशित मिति: Apr 29, 2016

प्रतिक्रिया दिनुहोस्