विज्ञ भन्छन् , नेपालमा जिका भाइरसको जोखिम छ , विश्वमै जिका भाइरसको सन्त्रास
काठमाडौं । विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा पनि त्यसको जोखिम देखिएको छ ।
थाइल्याण्डमा समेत जिका भाइरस देखिएकाले नेपालमा थप जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । तर नेपालमा रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध छैन् ।
यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । जिका भाइरस ‘पोलिमर चेन रियाक्सन (पीसीआर)’ को माध्यमले पहिचान गरिन्छ भने भाइरस रगतको नमुनाबाट छुटयाइन्छ ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले पनि हाल विशेष खालको रगत जाँच्ने सुविधा उपलब्ध नरहेको बताए । See more at: