Logo
६ बैशाख २०८१, बिहीबार
(June 4, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपत्तिमा यी सभासद्लाई हनिमुनको रन्को

काठमाडौं । यतिबेला अधिकांश सभासद्हरु भूकम्प पीडित जनतालाई राहत वितरण र टहरा निर्माणमा व्यस्त छन्। तर यस्तो विपत्तिको बेला एक सभासद् भने हनिमुनमा रमाइरहेकी छिन्। नेपाली कांग्रेसले समानुपातिक सभासद् नियुक्त गरेकी ओमदेवी मल्ल जोशी हनिमुनमा व्यस्त छिन्।

 पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी उनले नेपाल प्रहरीका एसपी केदार ढकालसँग दोस्रो बिहे गरेकी हुन्। पहिलदेखि नै गोप्य रुपमा सँगै बस्दै आएपनि केही महिनायता उनीहरुले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन्। एसपी ढकालको फेसबुकवाल केहीदिन यता ओमदेवीसँग घुमघामका तस्विरले भरिएका छन्।

एसपी ढकालको पनि यो दोस्रो बिहे हो। पहिलो बिहे सफल हुन नसकेपछि केही वर्षयता उनी एक्लै थिए। महत्वाकांक्षी स्वभावकी ओमदेवीले पनि श्रीमानलाई छाडेकी थिइन्। पहिला एमाओवादी निकट रहेका ओमदेवी पछिल्लो समय नेपाली कांग्रेससँग नजिकिएर सभासद् भएकी हुन्।

 एमाओवादी नेता नारायणकाजी श्रेष्ठ उनको नातेदार हुन्। त्यहीकारण उनी पहिला माओवादीसँग निकट भएकी थिइन् । मोटो रकम चन्दा दिएपनि एमाओवादीले कतै नियुक्ति नदिएपछि उनी कांग्रेसतर्फ लागेकी हुन्।

दोस्रो संविधानसभा चुनावमा कांग्रेसलाई चन्दा दिएकै कारण उनी सभासद्मा मनोनीत भएकी हुन्। सहकारी लगायतका क्षेत्रबाट उनले राम्रै पैसा कमाएकी हुन् भन्ने खबर युनाइटेड पोष्टले लेखेको छ ।

प्रकाशित मिति: Jun 4, 2015

प्रतिक्रिया दिनुहोस्