Logo
१५ चैत्र २०८०, बिहीबार
(May 21, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ अमलामा लुकेको जीवनको रहस्य : थाहा पाउनुहोस्

साधारणतया अमला तराई र उष्ण पहाडी भू-भागमा पाइन्छ। आयुर्वेदमा गनिएका बहुगुणी त्रिफलामध्ये एक हो, अमला। प्राय जंगलतिरै भेटिने अमलामा भिटामिन  ’सी’ प्रचुर मात्रामा पाइन्छ, जसले विभिन्न संक्रामक रोगबाट बचाउँछ।अमलाको सेवनले पेट सफा गर्ने, सुन्निएको कलेजो सफा गर्ने, पेटसम्बन्धी रोगहरूको न्यूनीकरण गर्दछ। खाना पचाउन सघाउने अमलामा रक्तअल्पता र कमलपित्तको रोकथाम गर्ने गुण पनि हुन्छ। अमलाका सुकेका फलहरू आउँ र पखालाको रोकथाममा समेत प्रयोग गर्ने चलन छ।नेपालमा प्राय वनहरूमा पाइने हुँदा अमला सजिलै भेट्टाउन सकिन्छ।

औषधीय दृष्टिबाट अमलाको सेवन बहुत उपयोगी हुने चिकित्सकहरूको भनाइ छ। देख्दा साधारण अमलामा हुने गुण भने असाधारण हुन्छ। अमलाको नियमित सेवनले रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ। परापूर्वकालदेखि नै यसलाई औषधिको रूपमा प्रयोग गरिएका उदाहरण पाइन्छन्। अमलाहरू साना र ठूला खाले हुन्छन्। बढी रेसाहरू हुने हुँदा सानो खालको अमला बढी उपयोगी हुने बताइन्छ। आयुर्वेदीय दृष्टिकोणले अमलाले बाथ, पित्त तथा कफ आदि समस्याको समाधान गर्दछ। 
कपाल झर्ने समस्या बोकेकाहरूका लागि पनि यो उपयोगी छ। अमलाको चूर्ण भिजाएर नियमित रूपमा कपालमा लगाउनाले कपाल झर्ने समस्या घट्ने गर्दछ।पिसाबका रोगीदेखि महिलाहरूको महिनावारी बन्द भएपछि उत्पन्न हुने विभिन्न समस्याका लागि पनि अमला उपयोगी छ। अमलाको व्यावसायिक खेती गर्ने चलन पनि बढ्दो छ। आजकाल सहर बजारमा पनि अमलाको बिक्री गर्ने चलन छ।
अमलाका फाइदा
-आउँ पर्ने तथा पखालालगायत पेटसम्बन्धी रोग न्यूनीकरण गर्छ।
-सुन्निएको कलेजो ठीक पार्छ।
-बाथ, पित्त तथा कफसम्बन्धी समस्या समाधान गर्छ।
-यसको चूर्ण भिजाएर नियमित लगाउँदा कपाल झन् कम गर्छ।
-पिसाबसम्बन्धी रोग घटाउन सघाउँछ।

प्रकाशित मिति: May 21, 2015

प्रतिक्रिया दिनुहोस्