चेन्नईलाई हराउँदै आइपिएल उपाधि मुम्बईको पोल्टोमा
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । २०३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स १५० रनमा समेटिएको थियो। मुम्बईलाई जिताउने क्रममा लेंडल सिमन्सले सर्वाधिक ६८ रन बनाए।
४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान रोहित शर्माले ५० रनको पारी खेले। २६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका उनी ब्राभोको बलमा जडेजाबाट क्याच भए। पोलार्ड र राइडुले समान ३६ रन बनाए ।
यता कठिन लक्ष्य पछ्याएको चेन्नई डिआर स्मिथको ५७, सुरेश रैना २८ तथा कप्तान महेन्द्र सिंह धोनीको १८ रन बाहेक अरूले जमेर खेल्न सकेनन्। मुम्बईका मिचेल क्लिनागनले ३, लासिथ मालिङ्गा र हरबजन सिंहले समान २९२ विकेट लिए।