Logo
७ बैशाख २०८१, शुक्रबार
(May 26, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयो भूकम्पको त्रास हटाउने नेपाली गीत – भिडियो

काठमाडौं । विनाशकारी भूकम्पले पुर्याएको क्षति र त्यस पश्चातको जनमानसमा रहेको त्रास मेटाउने प्रयास स्वरूप ‘घाम हुँ, नेपाली हुँ ‘ बोलको भिडियो तथा अडियो गीत सार्वजनीक गरिएको छ ।

 संगीतकारद्वय पुष्पा पलान्चोके र संगम पन्त “पुष्पासंगम” मिलेर यो गीत सार्वजनिक गरेका हुन् । “घाम हुँ, नेपाली हुँ” बोलको उक्त गीतमा भूकम्पको असारमा परेका सम्पूर्ण नेपालीहरु माझ आशाको किरण लिएर आउने हामी सम्पूर्ण नेपाली नै हौँ भन्ने भाव रहेको छ ।

 भूकम्पको डरलाग्दो दृश्य राख्नाले दर्शकहरुमा झन् त्रास र भयले ठाउँ पाउने हुँदा उक्त दृश्यहरु नराखिएको उनीहरुको भनाइ छ।

प्रकाशित मिति: May 26, 2015

प्रतिक्रिया दिनुहोस्