Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 29, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजे सुरज गिरी र मोडल साहना बज्राचार्य फेरि पक्राउ

काठमाडौ । फोन गरेर अश्लील गाली गरेको आरोपमा प्रहरीले भिजे सुरज गिरी र मोडल साहना बज्राचार्यलाई पक्राउ गरेको छ ।

फोन गरेर तथानाम गाली गर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षवर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखमा उजुरी गरेपछि प्रहरीले बुधबार गिरी र बज्राचार्यलाई पक्राउ गरेको हो ।

अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले उजुरीका आधारमा सोधपुछका लागि दुवैलाई नियन्त्रणमा लिइएको बताए ।

प्रारम्भिक अनुसन्धानमा पीडितको दावीअनुसारको गतिविधिमा दुवैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्दा प्रक्रिया अगाडि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उनले जानकारी दिए ।

स्रोतका अनुसार सहनीले प्रहरी कार्यालयमा बुझाएको अडियो रेकर्डमा दुवैले उनको हत्या गर्ने सम्मको धम्की दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 29, 2015

प्रतिक्रिया दिनुहोस्