भाइटीकामा छिमेकी चेली बलात्कार गर्ने पक्राउ : मोरङमा तीन महिनामा ५२ महिला हिंसाका शिकार
बलात्कृत किशोरीलाई उपचारका लागि अञ्चल अस्पताल बिराटनगरमा भर्ना गरिएको छ । मंगलबारेमा उपचार सम्भव नभएपछि विराटनगर ल्याइएकी पीडितलार्इ रगत दिएको र उनको अवस्था नाजुक रहेको डाक्टरले बताएका छन् ।
काेशी अस्पताल बिराटनगर इमर्जेन्सी विभागका रघुनन्दन अधिकारीका अनुसार पीडितमा रगतकाे कमी देखिएकाले तीन पिन्ट रगत अावश्यक देखिएकाे छ । आमा मावल गएको र बुबा देउसी खेल्न गएको मौका पारी राईले बलात्कार गरेको पीडितको भनाइ छ । घटनाको भोलिपल्ट किशोरीलाई ज्वरो आएपछि घटनाबारे परिवारले थाहा पाएको थियो । त्यसै दिन तत्काल प्रहरीले राईलाई पक्राउ गरेको हो ।
तीन महिनामा ५२ महिला हिंसाका घटनायसैवीच मोरङमा तीन महिनाको अवधिमा ५२ जना महिला हिंसाको शिकार भएका छन् । यीमध्ये पाँचजना १५ वर्षमुनिका वालिकाहरु बलात्कृत भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पूर्वाअञ्चल कार्यालय बिराटनगरका अनुसारगत असार १६ गतेदेखि असोज १६ गतेसम्म यसबाट ५२ जना महिला पीडित भएका छन् । – ध्रुब भट्टराई मार्फत /अनलाइन खबर