Logo
१९ बैशाख २०८१, बुधबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा नौ लाख वृक्षरोपण गरिँदै

प्रदेश नं २ स्थित महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ ।

यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस-दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलफूल उत्पादनसहितको लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार गरिएको सो कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले बिहीबार जानकारी दिएका छन् ।

उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फलप्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन् ।

मागबमोजिम लगत ९अभिलेख० तयार गरी एक लाख वितरण गरिएको कार्यालयले जनाएको छ ।

सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ ।

यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका स्थानीय तह र सर्वसाधारणले माग गरेबमोजिमको क्षेत्रमा रोपण गरिने सोे कार्यालयले जनाएको छ ।

जिल्लाका जलेश्वर, माईस्थान, लक्ष्मीनियाँ, बेलगाछी खाल्टेबजार र बनराथारुटोलसहित छ ठाउँमा सो कार्यालयले बिरुवा उत्पादन गरेको छ ।

नदी किनारका उकास जग्गा, सार्वजनिक जग्गा, गल्छीपहिरो र स-साना पहाडी शृङ्खलाका नाङ्गाडाँडामा कार्यालयले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र सामाजिक सङ्घसंस्थाको समेत समन्वय र सहभागितामा नयाँ वृक्षरोपण गर्ने जनाएको छ ।

“खाली जग्गा, सडक छेऊ र सार्वजनिक जग्गामा रोपौँ रुख, यसले ल्याउँछ सुखै-सुख” भन्ने नारा नै तय गरेर वृक्षरोपणका लागि अभियान नै सञ्चालन गरिने डिभिजन प्रमुख साहको भनाइ छ ।

कार्यालयले सर्वसाधारणलाई निजी जग्गाको वृक्षरोपणमा प्रेरित र उत्साहित गराउन निःशुल्क बिरुवा उपलब्ध गराउने, रोपण कार्यमा प्राविधिक सल्लाह परामर्श दिने र नियमित अनुगमन गरिने व्यवस्था मिलाएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्