Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खुलायो डाक्टर तथा स्टाफ नर्सका लागि भर्ना आवेदन

देशमा कोरोना भाइरसको कारण देशैभर लकडाउन लगाएको अवस्थामा सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात/सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो ।

जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ । यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ ।

आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र [email protected] मा पठाउन सकिन्छ ।

 

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्