Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्लुमिगं किण्डरगार्टेन मन्टेश्वरी स्कुलले १३औं वार्षिकउत्सव मनायो

शिव भट्टराई/सुनसरीको इटहरीमा स्थापना भएको पहिलो ब्लुमिगं किण्डरगार्टेन मन्टेश्वरी स्कुलले विभिन्न कार्यक्रम गरी १३औं वार्षिक उत्सव मनाएको छ ।

इटहरी क्षेत्रका पाँच जना जुजारु महिलाहरुले चार जना विद्यार्थीहरुबाट सुरु गरेको मन्टेश्वरी स्कुलले १३ औं वार्षिक उत्सव मनाएको हो ।

विद्यालय सञ्चालक समितिकी अध्यक्ष सृजना नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखाकी प्रमुख अम्बीका कुमारी साहको प्रमुख आतिथ्यतामा रहेको वार्षिक उत्सव कार्यक्रममा यस वर्षका लागि मास्टर ब्लुमिगं अमुल्य कोइराला र मिस ब्लुमिगं उपाधि हात पार्न निर्भना मनन्धर सफल भए ।

कक्षा प्ले ग्रुप देखि कक्षा ५ सम्मको पठनपाठन हुने ब्लुमिगं किण्डरगार्टेन मन्टेश्वरीले हरेक वर्ष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट मास्टर र मिस ब्लुमिगं प्रयोगिताबाट चुन्ने गरेको छ । विभिन्न चार्डवर्पका समयमा विशेष कार्यक्रम सहित शैक्षिक कार्यक्रमका साथै अतिरिक्त क्रियाकलापहरु समेत गराउदै आएको वताइएको छ। सोही विद्यालयकी संस्थापक साथै प्रिन्सिपल स्मृति सापकोटा भट्टराईद्वारा सञ्चालन गरिएको सो वार्षिक उत्सव कार्यक्रमका अवसरमा विद्यार्थीहरुले नृत्य, गायन , नाटक , हास्यव्यगं, क्याट वाक प्रस्तुत गरेका थिए । २०६४सालमा स्थापनाको समयमा २ कोठा र चार जना विद्यार्थीबाट सुरु भएपनि हाल २सय ५० विद्यार्थी सहित संगित ,नृत्य ,कम्प्युटर कक्षा देखि लिएर विज्ञानको प्रयोगशासा समेत सञ्चालनमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्