Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ दिने बाल अधिकार समबन्धि सचेतनामुलक तालिम समपन्न

एल एन गच्छदार/सुन्दरहरैंचा वडा नं. ११ को सहयोग र प्रगति महिला समाज सुन्दरहर्रैंचाको आयोजनामा २ दिने बाल अधिकार समबन्धि सचेतना मुलक तालिम समपन्न भएको छ। बालबालिका लक्षित उक्त सचेतनामुलक कार्यक्रम सुन्दरहरैंचाको ११ नं वडाको भुटाइटोल स्थित श्री जनता आधारभूत बिधालयमा सम्पन्न गरियो। सोहि वडाका वडा अध्यक्ष बिसनलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भयो। सोहि वडा भित्र रहेका श्री महेन्द्र मावि , हिमालय आधारभूत बिधालय, जनता आधारभूत बिधालय, जुडी आधारभूत, आदर्श आधारभूत बिधालय गरि ५० जना बिधार्थीको सहभागिता रहेको थियो।

प्रशिक नेपाल जेसिजका एरिया “ए” का संयोजक सेवक बजगाई तथा संचारकर्मी एलएन गच्छदारले प्रशिक्षण गरेको थियो। सहभागी सबैलाई प्रमाण पत्र तथा उत्कृष्ट ३ जनालाई माया चिनो प्रदान गरियो भने तालिम बालबालिका मैत्रीपूर्ण साथै खेल बिधिबाट गरियो ।

सोहि वडाका वडा अध्यक्ष बिसनालाल चौधरीले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा बालबालिकाहरुका लागि अझ रचनात्मक र सृजनात्मक तालिममा जोड दिने र आगामी तालिममा बालबालिकाको लागि बजेट बिनियोजन गरि तालिम अबधि बढाउनु पर्ने प्रतिबद्ता व्यक्त गर्नुभयो।

बालबालिकाले आफ्नो बिचार भावना भन्न पाउनु र उनीहरुको कुराको सुनुवाई हुनु, बाल अधिकार हो भन्ने अरुको कुरा ध्यान दिएर सुन्नु अरुको विचार बुझ्नु, बालबालिकाहरुलाई आफ्नो अधिकारको बारे दायित्व बोध गराउनु, बालबालिकाहरुलाई श्रम शोषणबाट जोखिमबाट सचेत गराउन, कार्यक्रम संचालनका लक्ष्य रहेको संस्थाकि अध्यक्ष पार्वती गच्छादरले बताउनुभयो।

बालबालिकाको सामाजिक सुरक्षा, शिक्षा दिक्षा,माया, स्नेह,शान्ति समझदारी,बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार हो। अझै भन्नुपर्दा बाल अधिकार अन्तर्गत बाल बचाउ, बाल बिकास, बाल संरक्षण, बाल सहभागिता नै बाल अधिकार हो । आजका बालबालिका भोलिका फूल हुन तर त्यो भन्दा अगाडी त्यो फूललाई मलजल गर्नु पर्छ । मलजल गरेन भने त्यो फूल ओइलाउछ ।

त्यसैले त्यो फूललाई ओइलाउन दिनु हुदैन र आजै देखि सहि मलजल गरेर तिनिहरुलाइ अगाडी बढाउनु पर्छ । अधिकारको कुरा संबिधानमा मात्रा होइन ब्यहबारमा पनि उतार्नु पर्छ । बाल दिवसको एक दिन हरेक बिद्यालयमा दुर्ब्यहबर अन्त्य गरौ भन्दै नारा लगाउनुको सट्टा अब हामीले बालबालिकालाई दुर्ब्यहबार के हो बुझनु जरुरी देखिन्छ ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्