Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरियाना ग्रान्डेमाथि गीत चोरीको आरोपमा मुद्दा दायर

आगामी २७ जनवरीमा ६२औं ग्रामी अवार्ड आयोजना हुँदैछ । अवार्ड आयोजनाको केही दिनपहिले आरियाना ग्रान्डेमाथि गीत चोरीको आरोप लागेको छ ।

आइतबार जोस स्टोनले आरियानाविरुद्ध मुद्दा दायर गरेका छन् । आरियाना रेकर्ड अफ दी इयरसमेत पाँच विधामा मनोनयनमा परेकी छन् ।

जोसका अनुसार आरियानाले उनको गीत ‘यु निड आई गट इट’ के बोल चोरेकी हुन् । यो विवाद आरियानाको गीत ७ रिंग्सको कारण भएको हो ।

अंग्रेजी वेभसाइटका अनुसार २०१७ मा यो गीत आरियानाका निर्माता टमी ब्राउनसमेत धेरै व्यक्तिसँग गएकी थिइन् । टमीले उनका गीतबाट धेरै बोल ७ रिंग्समा राखे ।

रिपोर्टअनुसार मुद्दा न्युयोर्क्स्थित फेडरल कोर्टमा दर्ता गरिएको हो । आरियानाबाहेक अन्य व्यक्तिको नाम पनि यो केसमा समावेश छ ।

आरियानालाई पाँच ग्रामी अवार्डका लागि मनोनीत गरिएको छ । उनी अवार्ड कार्यक्रममा प्रस्तुति पनि दिँदै छिन् । (एजेन्सी

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्