Logo
२६ बैशाख २०८१, बुधबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीलाई धेरै अधिकार भएर निकै अटेरी भए, ओली सरकार माफियासँग डरायो : नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफैले बनाएको ऐन नियमको अक्षरस पालना गराउने सन्र्दभमा सरकार दृढताका साथ अघि बढ्न नसकेको गुनासो गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित पारिवारिक निजी वन संघ नेपालको दोश्रो संघीय महाधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने, हड्प्ने प्रवृत्तिको अन्त्य गर्न सरकार दृढताका साथ अघि बढ्न नसकेको बताएका हुन्।

बद्‍मासी र कानुन उलंघन गर्नेविरुद्ध राज्य दृष्ढताकासाथ अघि बढेमा जनताको पनि साथ पाउने भन्दै उनले सार्वजनिक जग्गा, वन लगायतको अतिक्रमण अन्त्य गरिनुपर्ने बताए।

‘विभिन्‍न ठाउँमा गुठीको नाममा होस्, बालुवाटारको नाममा होस्, नेपाल ट्रष्टको नाममा होस्, जुनसुकै ठाउँमा पनि राज्यलाई नोक्सान पुग्ने र बद्मासी कसैले गरेको छ भने त्यसलाई दण्डित गर्न राज्य दृढताका साथ अघि बढ्नुपर्छ’, उनले भने, ‘राज्य दृढताका साथ अघि बढे जनताको साथ पाउनेछ।’

शक्तिशाली सरकार भएकाले बनमाफियासँग मिलेमतो गर्नेलाई सजाय दिलाउन अनुकूल वातावरण रहेको भन्दै उनले दीर्घकालीन सोचसहित अघि बढ्न सरकारलाई सुझाव दिए।

‘कर्मचारी कति अटेरी हुन्छन् भन्‍ने कुराको त म आफैं एउटा उदाहरण हुँ । म प्रधानमन्त्री हुँदा सर्लाही र इलामको वन सखाप पारेछ एउटा डिएफओले। त्यो डिएफओलाई कारवाही गर्न आदेश दिएँ’, उनले भने, ‘जम्मै मिलेका हुँदा रहेछन् डिएफओदेखि लिएर को कोसँग सबै।

मलाई रिपोर्ट पेस गरेर हजुर कारवाही गरियो। सस्पेन्ड गरियो। म पनि दंग परेँ, सस्पेन्ड पो भएछ भनेर।’ राजनीतिक अस्थिरताका कारण कर्मचारीहरुले पनि सरकारका निर्देशनहरुलाई नमान्‍ने प्रवृत्ति विगतमा रहेको उनले उल्लेख गरे।

कर्मचारीहरुको अटेरी प्रवृत्तिलाई आफु प्रधानमन्त्री भएको समयमा नजिकबाट अनुभव गरेको पनि उनले उल्लेख गरे। ‘कर्मचारी कति अटेरी हुन्छन् भन्‍ने कुराको त म आफैं एउटा उदाहरण हुँ ।

म प्रधानमन्त्री हुँदा सर्लाही र इलामको वन सखाप पारेछ एउटा डिएफओले। त्यो डिएफओलाई कारवाही गर्न आदेश दिएँ’, उनले भने, ‘जम्मै मिलेका हुँदा रहेछन् डिएफओदेखि लिएर को कोसँग सबै।

मलाई रिपोर्ट पेस गरेर हजुर कारवाही गरियो। सस्पेन्ड गरियो। म पनि दंग परेँ, सस्पेन्ड पो भएछ भनेर।’ उनले कारवाहीका नाममा कागजी प्रक्रिया पूरा गर्ने गरिएको अनुभव पनि सुनाए।

‘तीन महिनापछि त फेरि उसलाई त्यही ठाँउमा पठाउनुपर्दो रहेछ’, उनले सुनाए, ‘तीन महिना त्यहाँ गइसकेपछि के भन्छ रे ‘यो प्रधानमन्त्री कति दिनको हो ? अहिले काट्या छु १० हजार, अब एक लाख रुख काटेर देखाइदिन्छु।’

यो जाने प्रधानमन्त्रीले गर्ने कतिदिन सम्म?’ कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले विकास र वातावरणबीचको अन्तरविरोधको समाधान निकाल्ने बाटोमा सरकार रहेको बताए।

मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै वनबाट जनताको वातावरणीय सामाजिक, आर्थिक सबै क्षेत्रमा योगदान पुग्ने स्थिति बनाउने प्रतिवद्धता पनि उनले जनाए।

कार्यक्रममा सरोकारवालाहरुले विकास निर्माणको वहानामा वातावरणलाई नै प्रभावित पार्ने गरि बनविनास गर्ने क्रम रोकिनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्