Logo
१९ बैशाख २०८१, बुधबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीन दुवैसँग कुटनीतिक पहल गरिनुपर्छ : नेपाल रिपब्लिक पार्टी

नेपाल रिपब्लिक पार्टीले नेपालले आफ्नो भूमी रक्षाको लागि भारत र चीन दुवैसँग गम्भिर भएर तत्काल कुटनीतिक कदम चाल्नुपर्ने माग गरेको छ । पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतमले नेपालको सुदूर पश्चिमी भूभाग कालापानी-लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित भारतको नक्शामा समावेश भएकोबारे आफ्नो पार्टीको गम्भिर ध्यानाकार्षण भएको बताए ।

बुधबार पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपाल सरकारले कुटनीतिक रुपमा सीमा विवादको समाधान गर्नुपर्ने बताएको हो । उनले आफ्नो पार्टीले उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्धिपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शिघ्रातिशीघ्र समाधान होस भन्ने जोडदार माग गरेको सुनाए ।

प्रेसिडेन्ट गौतमको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘पञ्चशीलमा विश्वास गर्ने नेपाल कुनै पनि देशको भूमी अखण्डित रुपमा कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्दछ र हाम्रो पार्टी पनि सो मान्यतामा अडिग छ । कुनैपनि क्षेत्रको सीमा विवादले नेपाल–भारतबीच शदियौंदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपरोस र त्यस्तो विवादले विशेषगरि नेपाली जनमानसमा मित्रदेश भारतप्रति नकारात्मक भावना विकसित हुन नपुगोस् भन्नेमा दुवै मुलुकका सरकारहरु संवेदनशील हुनुपर्छ । र, यो समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्न अग्रसर हुनुपर्छ ।’

गौतमले भारतीय नक्शामा दशकौंदेखि कालापानी र लिपुलेक समावेश रहँदै आएको र पछिल्लो पटक प्रकाशित भारतीय नक्शामा नेपालसँगको सीमा त्यसभन्दा फरक नभएको वस्तुतथ्य थाहा नपाएजस्तो गरी उक्त मामिलालाई अनावश्यक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रवृत्तिलाई आफ्नो पार्टीले सतर्कतापूर्वक अवलोकन गरिरहेको बताए । उनले भने,‘यसबारेमा यति लामो समयसम्म मौन धारण गर्नु र अहिलेमात्र यो मामिला उछाल्नुले यसको पछाडि रहस्यमय कारण रहेको हाम्रो पार्टीको आकलन छ ।’

उनले शान्त र गम्भिर कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सीमा क्षेत्रको मामिला सत्तारुढ दल नेकपा र उसका समर्थक पक्षहरुद्वारा सडकमा उछालिनु कूटनीतिक अपरिपक्वतामात्र नभएर पोखरीको पानी धमिल्याई माछा मार्ने निहित स्वार्थी अभिप्रायको खेल भएको पनि आरोप लगाए । उनले भने,‘राष्ट्रहितमा गम्भिर असर पार्ने यस्तो खेल बन्द गर्न नेपाल रिपब्लिक पार्टी सत्तारुढ दल नेकपा र उसका समर्थकलाई चेतावनी दिन चाहन्छ ।’

त्यस्तै, उनले उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीनले पनि नेपाली भूमी ११ ठाउँमा सीमा मिचेको र आधा दर्जन सीमास्तम्भ उखेलिएको आधाधिकारिक तथ्यांक सार्वजनिक भएको सुनाए । विज्ञप्तीमा थप भनिएको छ,‘सरकारी अभिलेखमा रहेको उक्त तथ्यांकले कम्युनिष्ट चीनको मिचाहा प्रवृत्ति मात्र उजागर गरेको छैन, यसबारे नेपालको कम्युनिष्ट पार्टीको सरकारले चुईंक्कसम्म नबोलेको घट्नाले उसले चीनको बलमिचाई र प्रभुत्व सहर्ष स्वीकार्ने तथ्यपनि उजागर गरेको छ ।’

प्रेसिडेन्ट गौतमले चीनले आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिसकेको आरोप लगाए । उनले भनेका छन्,‘आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिकेको चीनले कालापानीको भूभागमा भारतसँग सम्झौता गरेर त्यसको जानाकारीसम्म नेपाललाई नदिएको घट्नाले उसको मित्रताको मखुण्डो फुस्केर असली अनुहार उदांग भइसकेको हाम्रो पार्टीको ठहर छ ।

यसबारे नेपाल सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यानाकार्षण गर्दै तत्काल आवश्यक कदम चाल्न नेपाल रिपब्लिक पार्टी जोडदार आग्रह गर्दछ । अन्यथा चीनले मिचेको नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने नेपाल रिपब्लिक पार्टीको निश्कर्ष छ । र, समस्त राष्ट्रप्रेमी पक्ष र जनतालाई हामी यसका निम्ति तयार रहन हार्दिक अपिल गर्दछौं ।’

पार्टीको प्रेस विज्ञप्ती : 

नेपालको सुदूर पश्चिमी भूभाग कालापानी–लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित भारतको नक्शामा समावेश भएको बारे नेपाल रिपब्लिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्र र राष्ट्रियताप्रति अत्यन्त संवेदनशील यो पार्टी उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्विपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शीघ्रातिशीघ्र समाधान होस् भन्ने जोडदार माग गर्दछ । पंचशीलमा विश्वास गर्ने नेपाल कुनै पनि देशको भूमि अखण्डित रुपमा कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्छ र हाम्रो पार्टी पनि सो मान्यतामा अडिग छ ।

कुनै पनि क्षेत्रको सीमा विवादले नेपाल–भारतबीच शदियौंदेखि रहआिएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपरोस् र त्यस्तो विवादले विशेष गरी नेपाली जनमानसमा मित्रदेश भारतप्रति नकारात्मक भावना विकसित हुन नपुगोस् भन्नेमा दुवै मुलुकका सरकारहरु संवेदनशील हुनुपर्छ र यो समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्न अग्रसर हुनुपर्छ ।

यसबीच, भारतीय नक्शामा दशकौंदेखि उक्त भूभाग समावेश रहँदै आएको र पछिल्लो पटक प्रकाशित नक्शामा नेपालसँगको सीमा त्यसभन्दा फरक नभएको वस्तुतथ्य थाहा नपाएजस्तो गरी यस मामिलालाई अनावश्यक रुपमा उछाल्ने सत्तारुढ नेकपा एमालेको प्रवृत्तिलाई यस पाटीले सतर्कतापूर्वक अवलोकन गरिरहेको छ । यसबारे यति लामो समयसम्म मौन धारण गर्नु र अहिलेमात्र यो मामिला उछाल्नुले यसका पछाडि रहस्यमय कारण रहेको हाम्रो पार्टीको आकलन छ ।

शान्त र गम्भीर कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सीमा क्षेत्रको मामिला सत्तारुढ पार्टी र उसका समर्थक पक्षहरुद्वारा सडकमा उछालिनु कूटनीतिक अपरिपक्वतामात्र नभएर पोखरीको पानी धमिल्याई माछा मार्ने निहित स्वार्थी अभिप्रायको खेल हो भन्ने हाम्रो धारणा छ । राष्ट्रहितमा गम्भीर असर पार्ने यस्ता खेल बन्द गर्न नेपाल रिपब्लिक पार्टी सत्तारुढ नेकपा र उसका समर्थकलाई चेतावनी दिन चाहन्छ ।

यसैबीच, उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीनले पनि नेपाली भूमि ११ ठाउँमा सीमा मिचेको र आधा दर्जन सीमास्तम्भ उखेलिएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । सरकारी अभिलेखमा रहेको उक्त तथ्यांकले कम्युनिष्ट चीनको मिचाहा प्रवृत्ति मात्र उजागर गरेको छैन, यसबारे नेपालको कम्युनिष्ट पार्टीको सरकारले चुइँक्क सम्म नबोलेको घट्नाले उसले चीनको बलमिचाई र प्रभुत्व सहर्ष स्वीकार्ने तथ्य पनि उजागर गरेको छ ।

नेपाल रिपब्लिक पार्टीयो राष्ट्रघाती प्रवृत्तिप्रति वर्तमान सरकारको र यो मिचाहा प्रवृत्तिप्रति कम्युनिष्ट चीनको घोर भत्र्सना गर्दछ र समग्र नेपाली जनतालाई यसतर्फ सावधान हुन अपील गर्दछ । आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिसकेको चीनले कालापानीको भूभागमा भारतसंग सम्झौता गरेर त्यसको जानकारी सम्म नेपाललाई नदिएको घटनाले उसको मित्रताको मखुण्डो फुस्केर असली अनुहार उदांग भइसकेको हाम्रो पार्टीको ठहर छ ।

यसबारे नेपाल सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गर्दै तत्काल आवश्यक कदम चाल्न नेपाल रिपब्लिक पार्टी जोडदार आग्रह गर्दछ । अन्यथा चीनले मिचेको नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने नेपाल रिपब्लिक पार्टीको निष्कर्ष छ र समस्त राष्ट्रप्रेमी पक्ष र जनतालाई हामी यसका निम्ति तयार रहन हार्दिक अपील गर्दछौं ।

सिदार्थ गौतम
प्रेसिडेन्ट
नोभेम्बर १३, २०१९

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्