Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दूध खाने उमेरमा दैनिक १.५ लिटर कफी खाएर हुर्किरहेकी छिन् यी १४ महिनाकी बच्ची

इण्डोनेशियाको पश्चिमी सुलावेसी प्रान्तको तोरना लीमा गाउँमा १४ महिनाको बच्ची हदीजाह दैनिक डेढ लिटर कफी खाएर हुर्किरहेकी छिन् । आश्चर्यमा नपर्नुहोस् यो खबर बाहिरिएपछि  एउटा चिकित्सकको समूह उनको घरनै पुगे ।

हदीजाहबारे समाचार बाहिरिएपछि पोलेवेसी हेल्थ एजेन्सीले बच्चीको गाँउ गएर तिनका आमाबुवासँग भेटघाट गरेको छ । भेटको क्रममा तिनले सानो बच्चीलाई कफी खुवाउन नहुने सल्लाह दिएका छन् ।

खबर अनुसार बच्चीको अभिभावक आर्थिक रुपमा कमजोर भएका कारण छोरीलाई दुध किन्न पनि सक्दैनन् । त्यसैले तिनले आफ्नो बारीमा पाउने कफी दिइरहेका छन् ।

हदीजाहकी आमा अनीताले आफ्नो छोरीबारे बताउँदै भनिन्, ‘हामीसँग अर्को कुनै विकल्प छैन । हाम्रो आय यति कम छ कि हामी दुधजस्ता खाद्यान्न किन्न सकेनौँ । बुढाले जे जति कमाउँछन् त्यो घर चलाउनमै सकिन्छ । यस्तोमा कफी सस्तो छ र बच्चीलाई पनि यसको बानी पनि परेको छ । कफी नदिदाँ उनी रुन्छिन् र निराश पनि हुन्छिन् ।’

बच्चीका पिता सरीफुद्दीले पनि उही कुरा दोहोर्याए । ‘म जहाँ काम गर्छु त्यहाँबाट थोरै कमाइ हुन्छ । त्यसले घरको आवश्यक चीजमात्र किन्न सकिन्छ । कहिलेकाहीँ काम नपाउँदा हामी बच्चीलाई कफी खुवाँउछौं । छोरीले यसलाई मन पनि पराउँछिन् ।’

उनीहरुको घर पुगेका चिकित्सकले कफी बच्चाको लागि निक्कै हानिकारक भएको खास गरेर ५ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि यो झनै घातक भएको बताएका छन् ।

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्