Logo
७ बैशाख २०८१, शुक्रबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहट बम बिस्फोट घटानाको अनुसन्धानमा सहज, घाइतेहरु प्रहरीको सम्पर्कमा

रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।

२०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ ।

अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले बताए दिइसकेका छन् ।

घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ ।

नागरिक दैनिकबाट साभार

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्