Logo
१३ बैशाख २०८१, बिहीबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसपछि नेकपाले गर्यो चियापान कार्यक्रम

काठमाण्डौ : चाडपर्व नजिकिए सँगै राजनितिज्ञ व्यक्तिदेखि सर्वसाधारण सम्म भेटघाट र शुभकामना आदान प्रदान गर्नेको लहड जमिसकेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले गएको आइतबार विगतका वर्ष जस्तै यो वर्षपनि ७७ वटै जिल्लामा चियापान कार्यक्रम सम्पन्न गरेको थियो ।
त्यसैगरि आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दशैँ, तिहार, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गर्दैछ ।

काठमाण्डौको भृकुटीमण्डपमा गरिने चियापान कार्यक्रममा दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा अरु नागरिकलाई निमन्त्रणा गरिएको छ ।

यस्तै, दिउँसो ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालमा रहेको कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई निम्तो दिईएको नेकपाले जनाएको छ ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्