Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाणक्य नीति :  पुरुषले भुलेर पनि अरुलाई भन्न नहुने यी ४ कुरा

चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनी महान् शिक्षक, गुरु पनि थिए । उनका केही कुरा जो सयौं वर्षपहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यत्ति नै सान्दर्भिक छन् ।

उनले जीवनमा जे-जति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए । चाणक्य शास्त्रका अनुसार पुरुषले गोप्य राख्नुपर्ने यी हुन् ४ कुरा :

१. कुनै पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् ।संसारमा सच्चा हितैषी एकदमै कम हुनाले जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ उसैले पिठ्युँपछाडि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

२. चाणक्यले धनको क्षतिबारे कसैलाई भन्न नहुने सुझाएका छन् । यसरी अरूलाई बताउँदा यसले प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरूले उसको सम्मान गर्न छाड्छन् । मानिसले धन क्षति भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउन थाल्छन् ।

३. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यले भनेका छन् । विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ ।

४. चाणक्यले भनेका छन्- जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरूका सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । हुन सक्छ, तपाईं अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्न सक्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउनु हुँदैन ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्