Logo
१५ बैशाख २०८१, शनिबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारस खड्काले गरे कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा

काठमाण्डौ : दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् । खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने उनले आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्