Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण गर्भवती भएको बेला आलु खानु मानिन्छ हानिकारक

न्यूयोर्क :  एक नयाँ अध्ययनले आलु धेरै खाने महिलालाई गर्भधारणको बेला मधुमेह हुने सम्भावना खुलासा गरेको छ । शोधकर्ताहरुले मधुमेहबाट बच्नकोलागि आलुको सट्टा अन्य सागसब्जी, फलफूलहरु अन्नहरु खानुपर्ने बताएका छन् ।

गर्भावधिको क्रममा हुने समस्याहरुमा मधुमेह पनि एक हो । यसका कारण आमाको रगतमा चिनीको मात्रा बढ्दछ । चिनीको मात्रा बढेपछि भविष्यमा बच्चा र आमा दुवैको लागि समस्याहरु पैदा हुनसक्छन् । यसबाट बच्चा छिट्टै समयविधिपूर्व जन्मिने अर्थात् अंग्रेजीमा प्रि – मेच्योर बर्थ वा बच्चा खस्ने (गर्भपात) हुने सम्भावना पनि हुन्छ ।

युएस नेशनल इन्स्टिच्यूत अफ हेल्थ र हार्वाड विश्वविद्यालयका शोधकर्ताहरुले १९९१ देखि २०११ को बीचमा १५ हजार महिलाहरुमाथि यो अध्ययन गरेका थिए । उनीहरुमाथि गर्भ बोक्नुअगाडि मधुमेह थिएन । यो अध्ययन बिएमजे जर्नलमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्