Logo
१३ बैशाख २०८१, बिहीबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्मीयामको महामारी ‘आँखा पाक्ने रोग’ : जान्नुहोस् यसका लक्षण र बच्ने उपाय

काठमाडौं :  आँखा पाक्ने रोग एक किसिमको सरुवा रोग हो । यो रोग प्रायजसो गर्मीको बेला बढी देखिन्छ ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रन्जु सिटौलाका अनुसार गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुने हुँदा बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो व्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिने बताइन् । उनले भनिन्, “दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याई सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ ।”

त्यसैगरी, आँखा रोग विशेषज्ञ डा. सविना श्रेष्ठले आँखा पाक्ने समस्या १२ महिना देखिने भए पनि तुलनात्मक रुपमा गर्मी महिनामा बढी देखिने गरेको बताइन् । आँखा रोग विशेषज्ञ डा. वेन लिम्बुले आफू बाहेकका अन्य व्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक व्यक्तिबाट अर्काेमा सर्ने बताए ।

“आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ,” उनले भने, “आँखा पाक्ने समस्या पछिल्लो समय चिकित्सकको सल्लाहबिना नै विभिन्न किसिमका कस्मेटिक लेन्सहरुको प्रयोग गर्दा ब्याटेरिया तथा भाइरसको संक्रमणको कारण पनि आँखा पाक्ने रोग देखिने गर्छ ।”

यसका लक्षणहरु

  • आँखा रातो हुनु
  • आँखा पोल्नु
  • आँशु आइरहनु
  • चिप्रा आउने
  • आँखा बिझाएजस्तो हुनु
  • घाममा हिँड्न गाह्रो हुनु
  • उज्यालोमा हेर्न गाह्रो हुनु
  • आँखा सुख्खा भएर चिलाउनु
  • दृष्टि धमिलो हुँदै जानु
  • आँखा वरपरको भाग सुन्निनु

बच्ने उपाय

  • आँखाको सरसफाइमा विशेष ध्यान दिने
  • अरुको चश्मा तथा लेन्सको प्रयोग नगर्ने
  • आँखामा पानीले नछ्याप्ने ।
  • जथाभावी औषधीको प्रयोग समेत नगर्ने ।
  • हात पखालेर मात्र आँखा छुने ।
  • आँखा सम्बन्धी कुनै पनि समस्या आएमा तुरुन्त चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्