Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण दक्षिण भारतीय स्टार बलिउडमा आउन डराउँछन्

बलिउड र दक्षिण भारतीय सिनेमा उद्योगबीचको दुरीलाई ‘बहुबली’ फिल्मले धेरै कम गर्यो। दक्षिण भारतीय सिनेमाको लोकप्रियता ‘बहुबली’ पछि हिन्दी सिनेमाको दब्दबा रहेको उत्तर भारतमा बढेको छ।

बलिउड स्टारहरू पनि दक्षिण भारतीय सिनेमामा अहिले काम गरिरहेका छन्। अजय देवगन, आलिया भट्ट, विद्या वालन, अमिताभ बच्चन, विवेक ओवरोय, अक्षय कुमार यस सामेल भइसकेकाछन्। ‘साहो’ बाट बाहुबली फेम प्रभासले बलिउडमा डेब्यू गरिसकेको छ।

दक्षिण भारतीय सिनेमाका प्रशंसकहरू पनि बलिउड आउन भन्ने चाहन्छन्। तर प्रशंसकमा यस्तो इच्छा भएपनि परिस्थितिले भने दक्षिणका ठूला स्टारहरू बलिउडमा काम गर्न हिच्किचाउने गरेको देखाएको छ।

महेश बाबु, अल्लु अर्जुन, राम चरण, यश, विजय देवकोडां, विक्रम, अजिथ जस्ता स्टारहरूका प्रशंसक दक्षिण भारतमा मात्र नभएर भारतभर नै छन्। उनीहरूले हिन्दी डबको कारण उत्तर भारतमा राम्रो दर्शक बटुलेका छन्।

बलिउड सिनेमाका धेरै निर्माता–निर्देशकले प्रस्ताव राख्दा पनि उनीहरू सिनेमामा काम गर्न हिच्किचाउने गर्छन्। यसको जवाफ हालै रिलिज भएको ’साहो’मा देखिन्छ। कलाकारका लागि सबैभन्दा ठूलो समस्या भाषामा देखिएको छ।

‘साहो’को हिन्दी डब प्रभासले नै गरेका छन्। उनको कमजोरीे हिन्दी संवादमा स्पष्टसगँ थाहा पाउन सकिन्छ। यसकारण उनी ट्रोलको सिकार पनि बनेका थिए।

यस कारणले दक्षिण भारतिय सिनेमाका स्टार उत्तर भारतमा भाषाको कारण आउन चाहन्नन्। किनकी यसले एउटा उद्योगमा स्थापित स्टारलाई अर्को उद्योगमा स्थापित हुन मुश्किल बनाउँछ।

यसैगरि अर्को कुरा आफ्नो भाषाको सिनेमामा स्टारडमको मजा लिइरहेका उनीहरूलाई अर्को भाषाको सिनेमामा पनि रमाउन गाह्रो हुने भएपछि उनीहरू उत्तर भारतमा फिल्म क्षेत्रमा आउन हिच्किचाएको देखिन्छ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्